स्वास्थ्य मन्त्रालय को अनुरोध :भीड भाड मा मास्क उपयोग र भौतिक दूरी कायम राखौं
कोभिडको नयाँ सब भेरिएन्ट ‘जेएन.१’ काे सम्भावित संक्रमण वाट जोगिन भीडभाड हुने स्थानमा मास्क, भौतिक दूरी र हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउन सबै सँग स्वास्थ्य मन्त्रालयकाे अनुरोध

काठमाडौं–स्वास्थ्य मन्त्रालयले छिमेकी मुलुक भारत लगायत विश्वमा फैलिरहेको कोभिडको नयाँ सब भेरिएन्ट ‘जेएन.१’, लाई ध्यानमा राख्दै भीडभाड हुने स्थानमा मास्क, भौतिक दूरी र हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउन सबै सँग अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको समेत जनाएको छ । मन्त्रालयले मंगल बार विज्ञप्ति जारी गर्दै भीडभाड भएको ठाउँ मा जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेको हो ।
‘हाल विश्वको केही मुलुक र छिमेकी देशमा कोभिडको नयाँ सब भेरिएन्ट ‘जेएन.१’, को जोखिम बढी रहेकोले भीडभाड भएको ठाउँ मा जनस्वास्थ्यको मापदण्ड अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी द्वारा हस्ताक्षरित विज्ञप्ति मा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरिएन्ट ‘जेएन.१’, जिन सिक्वेन्सिङ्ग विधि वाट हाल सम्म नेपालमा पुष्टि नभएको दाबी समेत गरेको छ ।
‘जेएन.१’ सब भेरिएन्ट को बढ्दो संक्रमण लाई मध्य नजर गर्दै मुलुकको प्रवेश विन्दुका सबै हेल्थ डेस्क हरू, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरू लगायत सबै सरोकारवाला मार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइ रहेको समेत मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस