तौल घटाउन मद्दत गर्न सक्छ ध्यान
नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन मा प्रकाशित एक रिपोर्ट काे अनुसार शरिरकाे तौल घटाउन मेडिटेसन अर्थात ध्यान धेरै उपयोगी छ ।
नियमित मेडिटेसनबाट शरीर लाई धेरै आराम अनुभव हुन्छ, जसले मेटाबोलिजम राम्रो रहन्छ । तौलमा कमी आउनमा सघाउ पुग्छ । नियमित ध्यान बाट तनाव र चिन्ता दुवै कम हुन्छ ।
बढी तौल भएका व्यक्तिमा तनावले गर्दा ओभर इटिङ्ग (धेरै खाने) हुन्छ र फेरी तौल बढ्ने देखिएको छ । मेडिटेसन ले ऊर्जावान् (इनर्जेटिक) अनुभव हुनुको साथै व्यायाम गर्ने प्रेरणा समेत मिल्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस