स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुण राज लोहनी र स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुबोध कुमार शर्मा

काठमाडौं — नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुण राज लोहनी लाई नियुक्त गरेको छ । यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्ष पदमा सुबोध कुमार शर्मालाई मनोनयन गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनी लाई स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो भने स्वास्थ्य व्यवसायी परिषदको अध्यक्ष पदमा सुबोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले नेपाल सरकारको नाममा रहेको सरकारी जग्गा १५ शय्या को आधारभूत अस्पताल भवन निर्माण को लागि पर्सा गढी नगरपालिका पर्सालाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको समेत जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस