सरकारले स्वास्थ्य बीमालाई व्यवसायिक बीमाको रुपमा बुझेको सांसद योगेश भट्टराईको आरोप
हाल दिइने गरिएको एक लाख भुक्तानी ले ठुलो बिरामी नधानिने, स्वास्थ्य बिमाको दायरा १० लाख पुर्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं– नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले स्वास्थ्य बीमा व्यवसायिक बीमा जस्तो नाफामूलक नभएको बताएका छन ।
प्रतिनिधि सभाको बैठकमा आइतबार विशेष समयमा बोल्दै सांसद भट्टराईले सरकार बजेटमा स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिने भनेकोबारे आपत्ति जनाएका हुन ।
एमाले पार्टीका विभिन्न सांसदहरू र सत्तारुढ दलकै सांसदहरुले समेत पटकपटक स्वास्थ्य बिमाको विषयमा आवाज उठाएको जनाउदै भट्टराईले बजेटको १ सय ५१ नम्बरको बुँदाले निजी कम्पनीलाई दिने मनसाय व्यक्त गरेकाले स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमाको सेवा अवरुद्ध गरेको बताए ।
बजेटको १ सय ५१ नम्बर बुंदा संशोधन गर्नुका साथै स्वास्थ्य बीमालाई बीमा ऐन २०७४ अन्तर्गत सुचारु गर्नका लागि निर्देशन दिएको दुई साता भन्दा बढी भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै भट्टराई ले आक्रोश समेत व्यक्त गरे । निर्देशन लागू नहुदाँ हाल लाखौं नेपाली सेवाबाट वञ्चित भएको औँल्याए ।
सरकारले स्वास्थ्य बीमालाई व्यवसायिक बीमाको रुपमा बुझेको भन्दै उक्त बीमा व्यवसायिक नभएको उनले भट्टराईले स्पष्ट पारे।
हाल दिइने गरिएको एक लाख भुक्तानी ले ठुलो बिरामी नधानिने जनाउदै उनले स्वास्थ्य बिमाको दायरा १० लाख पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस