नेपालबाट सन २०३० सम्म क्षयरोग अन्त्य गर्ने स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत को प्रतिबद्धता
दक्षिण पूर्व एसिया क्षेत्र विश्वको एक चौथाइ जनसंख्या को घर भए पनि यसले ४३ प्रतिशत क्षयरोगको भार बोक्ने गरेको छ । यो क्षेत्रमा सन २०२० मा ४३ लाख व्यक्तिहरू क्षयरोगले बिरामी परेका थिए भने अनुमानित ७ लाख व्यक्तिको यो रोगले मृत्यु भएको थियो । जुन विश्वव्यापी रूपमा क्षयरोगले हुने मृत्यु को आधा भन्दा बढी हो ।
गान्धी नगर/गुजरात(भारत)– स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत ले सन् २०३० सम्ममा नेपालबाट बाट क्षयरोग अन्त्य गर्न अन्तरराष्ट्रिय समुदाय समक्ष प्रतिबद्धता प्रकट गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आयोजित दक्षिण पूर्व एसिया क्षेत्रमा क्षयरोग अन्त्यका लागि दिगो, तीव्रता र नवप्रवर्तन, कार्यक्रममा नेपाली टोली सहित सहभागी स्वास्थ्य मन्त्री बस्नेतले सन २०३० सम्म मुलुकबाट क्षयरोग अन्त्य गर्ने ऐक्यवद्धता व्यक्त गरेका हुन ।
विश्वव्यापी क्षयरोग प्रतिवेदन, सन २०२१ को अनुसार दक्षिण पूर्व एसिया क्षेत्र विश्वको २६ प्रतिशत अर्थात् एक चौथाइ जनसंख्या को घर भए पनि यसले ४३ प्रतिशत क्षयरोगको भार बोक्ने गरेको छ । यो क्षेत्रमा सन २०२० मा ४३ लाख व्यक्तिहरू क्षयरोगले बिरामी परेका थिए भने अनुमानित ७ लाख (एचआईभी र क्षयरोगको संयुक्त संक्रमण ले हुने मृत्यु बाहेक) व्यक्तिको यो रोगले मृत्यु भएको थियो । जुन विश्वव्यापी रूपमा क्षयरोगले हुने मृत्यु को आधा भन्दा बढी हो ।
स्वास्थ्य मन्त्री बस्नेतले सम्मेलनमा विभिन्न देशका स्वास्थ्य मन्त्री र स्वास्थ्य अधिकारीको उपस्थिति रहेको सम्मेलनमा क्षयरोगको क्षेत्रमा नेपालले गरेको प्रयास र प्रतिबद्धता बारे पाँच मिनेटको प्रस्तुति समेत दिएका थिए ।
सम्मेलनका पहिलो दिन प्राविधिक सत्र र प्यानल छलफल मा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठ ले ‘नेपालको सन्दर्भमा टिबी अन्त्य गर्न दिगो वित्तिय पोषण’, सम्बन्धी प्रस्तुति राखेका थिए । नेपालले ‘क्षयरोग मुक्त नेपाल पहल’ को सन्दर्भमा कसरी दिगो वित्तपोषण सुरु भएको वारे डा. श्रेष्ठले अन्तरराष्ट्रिय विज्ञ उपस्थित सम्मेलनमा आफ्नो विचार राखेका थिए ।
स्थानीय तहमा दिगो वित्तपोषण र माइक्रो प्लानिङमा नेपालले गरेको प्रयासको सम्मेलनमा प्रशंसा भएको थियो । उक्त सम्मेलनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा संगीता कौशल मिश्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठ र स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरूप खड्गा लगायत का प्रतिनिधि मण्डलको उपस्थिति थियो ।
कार्यक्रम पछि गान्धीनगर घोषणा पत्रमा हस्ताक्षर समारोह भयो । घोषणापत्रले विभिन्न सरोकारवाला हरू बिच को प्रयासको समन्वयको लागि प्रत्येक देशको उच्च राजनीतिक तहमा रिपोर्टिङ् गर्ने उच्च स्तरीय बहुक्षेत्रीय आयोग गठन गर्न र क्षयरोग र अन्य प्राथमिक रोगहरूको अन्त्य तर्फ प्रगतिको अनुगमन गर्न आव्हान गरेको छ ।
क्षयरोग सम्बन्धित उच्चस्तरीय बहुक्षेत्रीय आयोगले उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न र विश्वव्यापी स्वास्थ्य कभरेज र स्वास्थ्य सुरक्षालाई अगाडि बढाउन समेत मद्दत गर्न सक्ने डब्लुएचओकी दक्षिण पूर्व एशिया क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले बताइन ।
घोषणा पत्र ले आगामी वर्षहरूमा क्षयरोगलाई प्रमुख प्राथमिकतामा पर्ने कार्यक्रम को रुपमा कायम राख्न र अनुसन्धान एवं नवप्रवर्तन द्वारा समर्थित दिगो र द्रुत दृष्टिकोणहरूको लागि देशहरूलाई नेतृत्व र प्राविधिक सहयोग प्रदान गर्न आव्हान समेत गरेको छ । गान्धीनगर घोषणा सेप्टेम्बर २२ तारिख सन २०२३ मा आयोजित न्यूयोर्क संयुक्त राष्ट्र महासभामा प्रस्तुत गरिने छ ।
प्रतिक्रिया दिनुहोस