पिसाबको रङ्ग बाट मात्रै होइन, यसरी पनि थाहा पाइन्छ मिर्गौला रोग

मिर्गौला हाम्रो शरीरको अत्यावश्यक अंग हो, यसको मुख्य काम फोहोर फिल्टर गर्नु हो। यसमा कुनै किसिमको समस्या भएमा हामी बिरामी पर्न सक्छौं, साथै मिर्गौला मा अत्याधिक पीडा हुन सक्छ ।
मिर्गौला फेल भए धेरै पटक मेसिनबाट डायलासिस गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । मिर्गौला रोगको ठूलो समस्या भनेको धेरै ढिलो पत्ता लाग्नु हो । तथापि, केही महत्वपूर्ण लक्षणहरू वाट, तपाई समयमै मिर्गौला रोगहरूको जोखिम पहिचान गर्न सक्न हुन्छ ।
मिर्गौला रोग को चेतावनी को संकेत
- पिसाब को रङ्ग परिवर्तन
मिर्गौला को मुख्य काम शरीरमा रहेको तरल पदार्थलाई फिल्टर गर्ने हो । यसको काममा अलिकति पनि समस्या आएमा त्यसको प्रभाव पिसाबको रङ्गमा स्पष्ट देखिने गर्छ। यस अन्तर्गत पिसाबको रङ गाढा पहेँलो हुने, पिसाबमा फिँज आउनु , बारम्बार पिसाब आउने आदि हुन्छ । यस्तो अवस्थामा तुरुन्तै पिसाब परीक्षण गराउनुपर्छ ।
- थकावट
मिर्गौला समस्याका कारण शरीरमा आइरन र अन्य धेरै पोषक तत्त्वको कमी हुन्छ । यसका साथ साथै रातो रक्त कोशिकाहरू पनि कम निर्माण हुन थाल्छन्, यी ती कोशिका हुन् जसले रगतमा अक्सिजनको स्तरलाई कायम राख्छन्। यही कारणले गर्दा हामीले रातो रक्त कणिका को कमीले थकानको सामना गर्नुपर्ने हुन सक्छ।
- सास गन्हाउनु
मुख र दाँत सफा नगर्नू, प्याज–लसुन खानु र कुल्ला नगर्ने लगायत का कारणले मुखबाट दुर्गन्ध आउन सक्छ । तर यस्तो समस्या नहुदाँ पनि मुखबाट दुर्गन्ध आउँछ भने सावधानी अपनाउनु जरुरी छ । यो मिर्गौला रोग को प्रारम्भिक लक्षण हुन सक्छ।
- छाला रोग
मिर्गौला को काम ठीक नुहुँदा शरीरमा फोहोर जम्मा हुन थाल्छ, जसको असर हाम्रो छालामा पनि प्रस्ट देखिन्छ । यस्तो अवस्थामा संक्रमण को जोखिम बढ्छ, साथै शरीर र अनुहारमा दागहरू देखिन सक्छन्।
(अस्वीकरणः यहाँ दिइएको जानकारी घरेलु उपचार र सामान्य जानकारीमा आधारित छ । यसलाई अपनाउनु अघि चिकित्सकको सल्लाह लिनुपर्छ । नेपाल हेल्थ प्रेस ले यसको पुष्टि गर्दैन ।)
प्रतिक्रिया दिनुहोस