प्रा.डा.संजीव गुलाटी लाई दिल्ली मेडिकल एसोसिएसनको उत्कृष्ट सेवा पुरस्कार
भारतीय सेनाका पूर्व प्रधानसेनापति तथा केन्द्रीय मन्त्रिपरिषद् का नागरिक उड्डयन मन्त्री जनरल विके सिंहले इन्डियन सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष प्रा.डा. संजीव गुलाटी लाई यस वर्षको ‘कम लागतको टेलिमेडिसिन मोडेल’ को विकास र कार्यान्वयनमा योगदान पुर्याएकोमा दिल्ली मेडिकल एसोसिएसनको उत्कृष्ट सेवा पुरस्कार प्रदान गरे

नयाँ दिल्ली –भारतीय सेनाका पूर्व प्रधानसेनापति तथा केन्द्रीय मन्त्रिपरिषद् का नागरिक उड्डयन मन्त्री जनरल विके सिंहले इन्डियन सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष प्रा.डा. संजीव गुलाटी लाई यस वर्षको ‘कम लागतको टेलिमेडिसिन मोडेल’ को विकास र कार्यान्वयनमा योगदान पुर्याएकोमा दिल्ली मेडिकल एसोसिएसनको उत्कृष्ट सेवा पुरस्कार प्रदान गरे ।
दिल्ली मेडिकल एसोसिएसन (डीएमए) को १०९ औं स्थापना दिवसको अवसरमा नागरिक उड्डयन मन्त्री जनरल विके सिंहले प्रा.डा.गुलाटी लाई एक समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन ।
दिल्ली मेडिकल एसोसिएसनको स्थापना दिवस १२ अगस्ट २०२३ मा डीएमए हाउस दिल्लीमा मनाइएको थियो । डीएमए उपमहाद्वीप को सबैभन्दा पुरानो चिकित्सा संघ हो र अगस्त १९१४ मा इन्डियन मेडिकल एसोसिएसन भन्दा पहिले नै स्थापना भएको थियो । यस अवसरमा प्रमुख अतिथि भारतीय सेनाका पूर्व प्रधानसेनापति तथा हाल केन्द्रीय मन्त्रिपरिषद् का नागरिक उड्डयन मन्त्री जनरल विके सिंह थिए ।
प्रा.डा. संजीव गुलाटी, इन्डियन सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष र फोर्टिस समूह का नेफ्रोलोजी एवं मृगौला प्रत्यारोपण का अध्यक्ष हुन । प्रा.डा.गुलाटीले यस वर्षको ‘कम लागतको टेलिमेडिसिन मोडेल’ को विकास र कार्यान्वयनमा योगदान पुर्याएको मा डिएमए को उत्कृष्ट सेवा पुरस्कार प्राप्त गरेका हुन ।
मृगौला रोग भएका बिरामीहरूको हेरचाह प्रदान गर्न कोविड महामारी को वेला यो मोडेल शुरु भएको थियो । बिरामीहरूको फलोअपको लागि महामारी पछिको अवधिमा समेत उपयोगी हुनुको साथै जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस