आँखा पाक्ने रोग वाट जोगिन सावधानी अपनाउ
केही केशमा यो संक्रमण आँखाको पुतली (कोर्निया) सम्म पुग्न सक्छ । यसलाई केराटो कंन्जक्टिवाइटिस भन्छौ । यो अवस्थामा पुतली मा ससानो टाटो/धब्बा बन्छ । यसलाई भाइरल एस्पिकेस भनिन्छ । यसले गर्दा धमिलो देखिनु को साथै राती प्रकाशमा हेर्न समस्या हुन थाल्छ । यो अवस्था एक प्रतिशत भन्दा कम बिरामी मा देखिने गरिन्छ ।
पछिल्लो दुई दशक को दाँजोमा यो वर्ष आँखा पाक्ने रोग को सबै भन्दा बढी केश नेपाल र छिमेकी मुलुक भारतमा आइ रहेको छ । आँखा रातो/गुलाफी हुने समस्या, आइ फ्लु, कन्जक्टिवाइटिस आदि नामले जानिने यो रोग सामान्यतया वर्षा याममा वर्षेनी देखिने गरिन्छ । तर यस पटक यसको बिस्तार र संक्रमण दर अत्यन्त बढी देखिएका छ ।
हाल दिनहुँ वर्षा भइ रहेको छ । यसले गर्दा आद्रता बढेर वातावरण मा भाइरस ब्याक्टेरिया लगायतका सूक्ष्म जीव मा बृद्घि हुन थाल्छन् जसले स्वास्थ्य लाई नोक्सान पुर्याउँछ । यसरी नोक्सान पुर्याउने मा एउटा आँखा पाक्ने रोग ल्याउने एडिनोभाइरस समेत हो । यस पटक फैलि रहेको आँखा पाक्ने रोग एडिनोभाइरल कंन्जक्टिवाइटिस हो ।
यो सङ्क्रमणले वयस्क मात्र नभइ बालबालिका, बूढापाका सबै प्रभावित भइ रहेका छन । समक्रमणबाट जोगिन केही सावधानी आवश्यक छ ।
यो संक्रमण हुँदा आँखा को सेतो भाग मा संक्रमण हुन्छ जसलाई कंजक्टिभा भनिन्छ । यो सङ्क्रमणले गर्दा सेतो भाग को तह सुन्निएर त्यहाँ भएको रगतको ससाना नली समेत सुन्निन्छ । यसैले आँखा रातो वा गुलाफी देखिन्छ ।
यो सामान्यतया भाइरस द्वारा हुने संक्रमण भएकोले ७ देखी १० दिन भित्रमा आफै निको हुन्छ । तर केही केशमा भने यो संक्रमण आँखाको पुतली (कोर्निया) सम्म पुग्न सक्छ । यसलाई केराटो कंन्जक्टिवाइटिस भन्छौ । यो अवस्थामा भने पुतली मा ससानो टाटो/धब्बा बन्छ । यसलाई भाइरल एस्पिकेस भनिन्छ । यसले गर्दा धमिलो देखिनु को साथै राती प्रकाशमा हेर्न समस्या हुन थाल्छ । उसो चिकित्सा तथ्य पत्रहरूको अनुसार यो अवस्था एक प्रतिशत भन्दा कम बिरामी मा देखिने गरिन्छ ।
यो आफै निको हुने संक्रमण हो । यो संक्रमण हुँदा बिरामीको अवस्था हेरेर चिकित्सा कर्मीले एन्टिबायोटिक थोपा औषधि समेत प्रस्तावित गर्न सक्छन् । यसैले भविष्यमा जटिलता वा केराटो कंन्जक्टिवाइटिस न होस भनेर संक्रमण देखिए पछि एक पटक चिकित्सा कर्मी सँग सल्लाह लिनु आवश्यक हुन्छ ।
कसरी फैलिन्छ
यो संक्रमित व्यक्तिको आँखा वाट निस्किने कचेरा, पानी आदि हातको माध्यमले वा प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कले स्वस्थ व्यक्तिको आँखामा पुग्दा हुन्छ । यसैले बिरामी र स्वस्थ दुवै ले समय समयमा साबुन पानीले हात धुने, हात सफा नगरे सम्म आँखा नमाड्ने, चिलाउने, अनुहार नछुने आदि गर्नु पर्छ ।
के गर्ने
- आँखा पाकेका बिरामीले आफ्नो परिवारमा अन्य व्यक्तिको नजिकको सम्पर्कमा आउनु हुँदैन । सम्भव भए सम्म कार्यस्थल न जानु समेत उपयुक्त हुन्छ । यसले रोगको प्रसारमा कमी आउँछ । व्यक्तिगत स्वक्षता कायम राख्नु पर्छ ।
- संक्रमण नभएकाहरूले समेत दिनमा तिन चार पटक हात सफा गरेर अनुहार र मुख्य रूपमा आँखा लाई स्वक्ष पानीले सफा गर्नु पर्छ ।
- संक्रमित व्यक्ति लाई आँखाको जलन, पोल्ने आदि समस्या कम गर्न चिसो पानीले आँखा धुने वा आँखा सेक्ने ले आराम मिल्छ ।
- सुती कपडालाई चिसो पानीमा भिजाएर आँखामा राख्नाले समेत आराम मिल्छ ।
- हातको स्वक्षताको ध्यान राख्नु पर्छ । आँखा वा मुख छुन भन्दा अघि र छोए पछि साबुन पानीले हात धुनु पर्छ ।
- सम्भव भए सम्म जो सुकै ले महामारी फैलिएको समय आँखा छुनु हुन्न । किनभने तपाइको सम्पर्कमा आउने वस्तु यो भाइरसले संक्रमित छ वा छैन थाहा हुँदैन ।
- संक्रमित व्यक्ति वाट टाढै रहनु पर्छ । उसले उपयोग गर्ने तौलिया लुगाफाटो, तकिया, तन्ना लगायतका सरसामान उपयोग गर्नु हुँदैन ।
(मिश्र विपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिवि) मा अप्टोमेट्री का उप प्राध्यापक तथा वरिष्ठ दृष्टि विशेषज्ञ हुन)
प्रतिक्रिया दिनुहोस