राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति मुटु को चाल मा देखिएको अनियमितता को उपचार अन्तर्गत छाती मा दुई कोठे पेसमेकर राखिएर दुई साता को अस्पताल बसाइ पछि बुधबार निवास फर्किएका हुन ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल मुटु को चाल मा देखिएको अनियमितता को उपचार अन्तर्गत छाती मा दुई कोठे पेसमेकर राखिएर दुई साता को अस्पताल बसाइ पछि बुधबार निवास फर्किएका छन् । उनको मुटुको चाल प्रति मिनेट ४० सम्म पुगे पछी राष्ट्रपति लाई पेशमेकर लगाइएको हो ।
मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिवि शिक्षण अस्पताल, स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार भएपछि बुधबार दिउँसो उनी अस्पताल बाट शीतल निवास फर्किए का हुन । अस्पताल को अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस