राष्ट्रपति को मुटु को चालको निगरानी गरिदैं
काठमाडौं – चिकित्सकहरूले राष्ट्रपति रामचन्द्र पौडेलको मुटु को चाल को निगरानी गरिरहेका छन् । शनिवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
सेन्टरको अनुसार हाल राष्ट्रपतिको मुटु को चाल अनुगमन गरि राखिएको छ । सेन्टरका एक चिकित्सकको अनुसार राष्ट्रपतिको स्वास्थ्य समस्या र अवस्था बारे २४ घण्टाको निरन्तर मुटुको चाल अनुगमन पछि आइतवार केही भन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस