औषधिको भँडार हो जाइफल
प्राचीन काल देखी नै जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार जाइफल वेदना नाशक, वात नाशक, कृमि नाशक छ । यो स्नायु संस्थानको लागि समेत उपयोगी मानिन्छ । यो पाचक, कलेजोलाई सक्रिय गर्ने, भएकोले पाचन संस्थानको लागि समेत उपयोगी छ ।
यति मात्र नभई जाइफल अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्र पतन र नपुंसकता आदि व्याधि हटाउन समेत उपयोगी मानिन्छ । पुरुषत्व बढाउन पनि जाइफलको उपयोग गरिन्छ सामान्यतया जाइफलको चूर्ण र तेल उपयोग गरिन्छ । यसलाई घोटेर समेत उपयोग गरिन्छ । यसको चूर्णको मात्रा भने पाँच सय मिलि ग्राम देखी एक ग्राम सम्म र तेल एक देखी तिन थोपा उपयोग गर्न सकिन्छ ।
अनुहारको कालो पोतो हटाउन समेत जाइफल फाइदा कारी मानिन्छ । आयुर्वेदका ज्ञाताहरूको अनुसार ढुङ्गामा जाइफललाई घोटेर तयार गरिएको लेप लगाउ नाले कालो पोतो हट्छ । यसले अनुहारको डन्डीफोर आदिको दाग र हलुको कालो पनलाई समेत कम गर्छ ।
कम्मर दुखाई, गठिया रोगमा जाइफलको लेप वा तेलले मालिस गर्दा आराम मिल्छ । गठिया बाहेक चोट, मड्किनु, सुन्निनु आदिमा समेत जाइफललाई तोरीको तेलमा मिलाएर मालिस गर्नाले आराम मिल्छ । जाइफल एन्टी इन्फ्लेटरी यौगिकले पुर्न हुन्छ, जस लाई मोनोटेरेप्स भनिन्छ । जाइफलको मालिसले शरीरमा गर्मी आउँछ, चुस्ती, फुर्ती आउँछ र पसिनाको रूपमा विकार शरीर बाहिर निस्किन्छ । बच्चालाई मालिस गर्दा तेलमा जाइफल हालिने गरिन्छ ।
पेट दुख्दा जाइफलको दुई चार थोपो तेल खानाले आराम मिल्छ । यस्तै परम्परागत उपचार प्रणाली अनुसार दाँत दुख्दा जाइफलको तेल रुईमा लगाएर दाँतमा राख्दा कीरा मर्नुको सँगै दुखाई समेत हट्छ । जाइफल तेलमा वेदना समाप्त गर्ने गुण हुन्छ । त्यसैले यो तेल लगाउँदा अंग विशेषलाई केही समयको लागि संज्ञा शून्य गर्छ र दुखाइको अनुभव हुन्न ।
परम्परागत चिकित्सा प्रणाली अनुसार निन्द्रा न आए जाइफललाई घोटेर देशी घ्यूमा मिसाएर परेलामा लगाउँदा निन्द्रा आउँछ । यस्तै गाईको घ्यूमा जाइफललाई घोटेर पैताला र परेलामा लगाउँदा निन्द्रा आउने वर्णन आयुर्वेदको ग्रन्थहरूमा छ । आयुर्वेद अनुसार जाइफलको चूर्ण नपुन्सकता मा समेत प्रभावकारी छ ।
प्रतिक्रिया दिनुहोस