मोबाइल, ल्यापटपको बढी प्रयोगले नेपालीहरू ‘टेक नेक’ को समस्या वाट पीडित हुँदै

पछिल्लो समय नेपाली समाजमा विशेष गरी युवाहरू गजेटको अत्याधिक उपयोगले ‘टेक नेक’, अर्थात् प्रविधिले ल्याएको घाटी, मांसपेशी, मेरुदण्ड हाड जोर्नी , नशा लगायतको समस्याले पीडित हुन थालेका छन् ।
‘टेक नेक’ जो ‘टेक्स्ट नेक’ को रूपमा समेत जानिन्छ , आधुनिक युगको सामान्य समस्या हो । मोबाइल फोन र कम्प्युटर को अत्याधिक उपयोग र शारीरिक गतिविधि कम हुने कारणले यो समस्या नेपालमा निरन्तर बढी रहेको छ । हाल हात हातमा स्मार्ट फोन, विभिन्न ग्याजेटहरू, अधिकतम व्यक्तिले कम्प्युटर, ल्याप टप, ट्याबलेट आदिको उपयोग गर्नु आदिले गर्दा ‘टेक नेक’को समस्यामा बृद्घि देखिएको छ ।
आफ्नो शरीरको मुद्रा (पोस्चर) को ख्याल नगरी ‘एकै मुद्रामा घण्टौँ सम्म अधिकतम व्यक्तिले कम्प्युटर, ल्यापटप, स्मार्ट फोन आदिको उपयोगले गर्दा यो समस्यामा बढी मात्रामा युवाहरूमा प्रमुखताको साथ देखिन थालिएको छ ।
पछिल्लो समय नेपालमा स्मार्ट फोन, कम्प्युटर ल्यापटप, इन्टरनेट को पहुँचमा धेरै बृद्घि भएको छ । राष्ट्रिय जनगणना २०७८ को हालै सार्वजनिक तथ्याङ्क अनुसार मुलुकमा ७३ प्रतिशत परिवारले स्मार्ट फोन उपयोग गरिरहेका छन् । १५ प्रतिशत परिवारमा कम्प्युटर ल्यापटप उपयोग भइ रहेको छ । ३७.८ प्रतिशत परिवार मा इन्टरनेट सुविधा उपलब्ध छ ।
हाल मुलुकमा चार/पाँच घण्टा भन्दा बढी ग्याजेट हरूको उपयोग गर्ने हरूमा टेक नेकको समस्या देखि राखिएको छ । त्यसमा पनि ग्याजेट उपयोग गर्दा बीचमा ब्रेक नलिइ आफ्नो शरीरको मुद्रा को समेत ख्याल नगरी निरन्तर यसैमा डुव्नेहरुमा भने समस्या बढी नै देखि राखिएको हो ।
आधुनिक युगको आम समस्याको रूपमा देखि राखिएको टेक नेक वाट शिकार भएकाहरूमा गर्धन, काँध, पिठिउँ को छेउछाउमा मा असहनीय दुखाइ हुन्छ । जबडा, टाउकोमा दुखाइ तथा बाहुला हात सुन्निनु वा झम झम हुनु आदि समस्याहरू देखिन्छ । टेक नेकको कारण देखिने शारीरिक समस्याहरू उपयुक्त मुद्रामा बसेर काम नगर्नाले र बढी समय सम्म मोबाइल आदि हेर्दै रहनाले हुन्छ । सही मुद्रामा नबस्दा सर्भाइकल स्पाइन र सहायक मांसपेशीहरूमा तनावले गर्दा दुखाइ हुन्छ । यो समस्याले जोर्नी र सर्भाइकल स्पाइनलाई प्रभावित गर्न सक्छ ।
गलत मुद्रामा निरन्तर बसि रहनाले गर्धनमा पर्ने भारले गर्दा ‘सर्भाइकल इटरभर्टेवल डिस्क’ कमजोर भएर टेक नेकको समस्या हुन्छ । टेक नेकको कारणले हुने जोर्नीको दुखाई भविष्यमा ‘सर्भाइकल स्पोन्डीलाइटिस’ को रूप समेत लिन सक्छ । यो समस्या स्थायी हो र यसमा निरन्तर बृद्घि समेत भइ रहेको हुनाले यसको उचित व्यवस्थापन आवश्यक छ ।
नेपालमा उमेर, रोग सँग सम्बन्धित स्पोन्डीलाइटिस वाहेक अस्वाभाविक मुद्राको कारण समय अगावै स्पोन्डीलाइटिस देखि राखिएको छ । ‘टेक नेक’को समस्या वाट मुक्ति पाउन शरीरको मुद्रा लाइ सहि राख्नु पर्छ र मांसपेशी हरूलाई आराम दिन काम गर्दा ताका हरेक आधा घण्टा वा एक घण्टामा केही समयको लागि ब्रेक समेत लिनु पर्छ । (डा.गोपेश ठाकुर नेपाल प्रहरी अस्पताल, हाड जोर्नी तथा नशा रोग विभागका प्रमुख हुन )
प्रतिक्रिया दिनुहोस