मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्री नियुक्त

काठमाडौँ — नेपाली कांग्रेश का मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन ।प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिस मा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार बस्नेत सहीत तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।
नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य को अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेका हुन ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालय मध्ये बाँकी रहेका तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त भएको हो ।
प्रतिक्रिया दिनुहोस