कुल संक्रमणको ७–८ प्रतिशत मात्र स्थानीय औलो, तर नियन्त्रण गर्नु ठूलो चुनौती
काठमाडौं – नेपालमा हाल स्थानीय सँगै आयातित औलो संक्रमण नियन्त्रण गर्नु मुख्य चुनौतीको रूपमा देखिएको छ । गत आर्थिक वर्ष २०७८/८९ मा औलोको कुल देखिएको प्रमाणित ४९१ बिरामी मध्ये ९२.२६ प्रतिशत अर्थात् ४५३ जना आयातित थिए भने ७.७३ प्रतिशत अर्थात ३८ जना स्थानीय औलोको बिरामी थिए ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को वैशाख ५ गते सम्म रोग पहिचान र उपचार भएका ३७३ बिरामी मध्ये २४(६.४३ प्रतिशत) स्थानीय र ३४९(९३.५६ प्रतिशत) आयातितछन ।
मुलुकमा सन २०१५ सम्म औलो निवारण गर्ने परिकल्पना अनुसार सन २०२३ देखी सन २०२५ सम्ममा स्थानीय रुपले देखिने औलो शून्यमा झार्नु पर्छ । विज्ञहरूको अनुसार हाल स्थानीय बिरामीको संख्या अत्यन्त न्युन देखिए पनि यसलाई शून्यमा झार्नु सबै भन्दा ठुलो चुनौतीहो ।
सन २०२२ मा देखिएको कुल औलो मध्ये ८७ प्रतिशत अर्थात् ४१५ संक्रमण भारत वाट आयातित हो । सन २०२२ मा भारतको महाराष्ट्र र गुजरात वाट सबै भन्दा बढी अर्थात क्रमशः २२४ र १०८ औलोको बिरामी आएका थिए ।
सन २०२५ सम्म नेपाल वाट औलो निवारण गर्ने परिकल्पना रहेको औँल्याउदै इडिसिडीका डा.गोकर्ण दहाल सन २०२३, २०२४ र २०२५ सम्म स्थानीय औलो संक्रमण शून्य मा झार्नु पर्ने बताउँछन । आगामी तिन वर्ष नेपालमा औलो उन्मूलनको लागि अत्यन्त महत्वपूर्ण रहेको छ । ‘दुई वर्षमा औलो को केश शून्यमा पुर्याउन सक्छौँ’, डा.दहालको अनुसार ७ वटै प्रदेश र पालिकाहरूमा औलो निवारण सम्बन्धी समिति गठन गर्ने प्रकृया शुरु भइ सकेको छ ।
संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाई वाट मानिस मा सर्ने औलो परजीवीबाट लाग्ने एउटा ज्यान जोखिममा पार्ने रोग हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार सन २०२१ मा विश्वको आधा जनसंख्या औलोको जोखिममा थियो । त्यो वर्ष विश्व भरी २४ करोड ७० लाख औलो को अनुमानित केसहरू थिए। सन २०२१ मा ६ लाख १९ हजार व्यक्तिको औलोले मृत्यु भएको अनुमान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस