कोभीडले ९५ दिन पछि एक जनाको मृत्यु / दैनिक संक्रमण दर ५.०९ प्रतिशत/आइसियु मा ११ र भेन्टिलेटर मा ३ जना कोभीड संक्रमित
काठमाडौं – मुलुकमा पछिल्लो ९५ दिन पछि बुधवार कोभीड संक्रमणले एक जना को मृत्यु भएको छ । हाल देशभरी मा आइसियु मा ११ र भेन्टिलेटरमा ३ जना कोभीड संक्रमित उपचाररत छन ।
अहिले मुलुकमा ओमिक्रोन को नया उत्परिवर्तित रूप एक्सबीबी.१.१६ सब भेरिएन्ट नेपाल, भारत लगायत धेरै देशहरूमा फैलिरहेको छ । यो हाल सम्म धेरै खतरनाक न देखिए पनि धेरै बढी संक्रामक देखिएको छ ।
बुधवार पिसिआर को लागि संकलित ६ सय २० र एन्टिजे न परिक्षण को लागी १ हजार ७ सय ५७ गरी जम्मा २ हजार ३ सय ७७ नमुना परीक्षण गर्दा ५ .०९ प्रतिशत अर्थात १ सय २१ जना मा कोभिड संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालय को अनुसार हाल मुलुक मा ४ सय ९५ जना कोभिड को सक्रिय संक्रमित छन । दिनहु मुलुकमा कोभीड सक्रमित को संख्या बढी रहेकोले स्वास्थ्य सावधानी अपनाउन समेत स्वास्थ्य मन्त्रालय ले आग्रह गरेको छ ।
एक्सबीबी.१.१६ सब भेरिएन्ट बाट भएको संक्रमण मा देखिने सकिने लक्षण
- ज्वरो
- खोकी
- घाँटी दुख्नु
- रुघा
- थकान
- मांसपेशी दुखाइ
- पेटमा समस्या जस्तै पखाला
संक्रमणबाट जोगीन यी दिशानिर्देशहरू पालना गर्नुहोस्
- सार्वजनिक स्थानमा जानुअघि मास्क लगाउनुहोस्
- अरुबाट कम्तिमा २ मिटरको दुरी राख्नुहोस्
- भीडभाड भएको र कम हावा चल्ने ठाउँहरूबाट टाढा रहनुहोस्
- साबुन र पानीले बारम्बार हात धुनुहोस् वा अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस्
- अहिलेसम्म खोप नलिनेहरुले पहिले खोप लगाउनुपर्छ
प्रतिक्रिया दिनुहोस