विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा: २८.३३ प्रतिशत डाक्टर फेल, ७१.४३ प्रतिशत पास
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शुक्रबार सञ्चालन गरेको २५ औं विशेष विशेषज्ञ दर्ता प्रमाण पत्र परीक्षा मा ७१.४३ प्रतिशत चिकित्सक उत्तीर्ण र २८.३३ प्रतिशत अनुत्तीर्ण भएका छन ।
काउन्सिल को विशेष परीक्षामा ४ सय २० जना परीक्षार्थीहरु सहभागी भएकोमा ३ सय जना (७१.४३ प्रतिशत) उत्तीर्ण भएका हुन । यस्तै विशेष परीक्षामा १ सय १९ जना ( २८.३३ प्रतिशत ) अनुत्तीर्ण भएका छन भने १ जनाको नतिजा रोक्का भएको छ।
लाईसेन्स परीक्षा ४३ विधा मा संञ्चालन गरीएको थियो । यस अघि २०७९ मंसिर ९ गते गते .लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा मा ७४.१६ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।
प्रतिक्रिया दिनुहोस