मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ भन्छन् : कोल्ड ड्रिंक्स ले मिर्गौला रोगको जोखिम बढ्छ
काठमाडौं – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठले कोल्ड ड्रिंक्स ( चिसो पेय पदार्थ ) ले मिर्गौला रोगको जोखिम बढ्ने बताउँछन ।
धेरै व्यक्तिले पानी जस्तै कोल्ड ड्रिंक्स प्रयोग गर्छन् । यो विशेष गरी युवाहरूको लागि बानी जस्तै बन्छ । अनुसन्धानका अनुसार दिनमा २ वा सोभन्दा बढी कोल्ड ड्रिंक्स (क्यान/बोतल) पिउनेमा दीर्घकालीन मिर्गौला रोगको जोखिम बढ्ने डा.श्रेष्ठ बताउँछन ।
डाइट सोडा पिउँदा पनि मिर्गौला रोग बढ्ने जोखिम हुन्छ । यसको असर नुन र चिनीको अत्याधिक सेवन जत्तिकै खराब हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस