मंकीपक्स विश्व व्यापी स्वास्थ्य संकट घोषित
पहिलो पटक सन १९५८ मा मंकीपक्स भाइरस खोरमा थुनिएको एउटा वादरमा पाइएको थियो । पछि सन १९७० मा पहिलो पटक मनुष्यमा यसको संक्रमणको पुष्टि भएको हो । हाल सम्म मंकीपक्सको कंगो र पश्चिमी अफ्रिकी गरेर दुई वटा स्ट्रेन देखिएको छ ।
काठमाडौं –विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)ले मंकीपक्स लाई विश्व व्यापी स्वास्थ्य संकट (ग्लोबल हेल्थ इमर्जेन्सी) घोषित गरेको छ ।
डव्लुएचओले शनिवार अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको दोश्रो बैठकमा लामो चर्चा पछि यस्तो निर्णय लिएको हो ।
डब्लुएचओद्वारा शनिवार जारी विज्ञप्तिमा महानिर्देशक डा. टेड्रोस एडहेनाम घेबरेयेससले आपतकालीन समितिको सदस्य र सल्लाहकार को विचार सँग सँगै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू अनुसार अन्य कारकहरू मा समेत विचार गरी मंकीपक्सको विश्वव्यापी प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य आपतकाल घोषणा गरेको उल्लेख छ ।
डब्लुएचओका महानिर्देशक डा.टेड्रोसले ७५ मुलुक र क्षेत्र वाट १६ हजार भन्दा बढी संक्रमण संगै मंकीपक्स अव एउटा सार्वजनिक स्वास्थ्य आपतकाल रहेको जनाए ।
उनले सबै सँग सावधानी अपनाउने आग्रह गर्दै अगाडि थपे–‘डव्लुएचओको अनुमान अनुसार युरोपेली क्षेत्रलाइ छोडेर मंकीपक्सको जोखिम विश्व स्तरमा सवै क्षेत्रमा मध्यम छ ।’ हाल युरोपेली मुलुकमा मंकीपक्सको जोखिम उच्च रहेको उनलेऔँल्याएका हुन ।
डा.टेड्रेसका अनुसार मंकी पक्स एउटा प्रकोप हो, जो तिव्र गतिले विश्व भरी फैलि रहेको छ । उनले मंकीपक्सलाइ विश्वव्यापी स्वास्थ्य संकट घोषित गर्नुको अर्थ यो संक्रमणको प्रकोप एउटा ‘असाधारण घटना’, रहेको र बढी मुलुकमा फैलिन सक्ने सम्भावना भएको समेत जनाए ।
डव्लुएचओका अनुसार मंकीपक्सको संक्रमण जोसुकैलाई हुन सक्ने भए पनि हाल यसको धेरै जसो बिरामी युवा पुरुष छन्, भने उनीहरू पुरुष सँग यौन सम्बन्ध राख्ने गरेको देखिएको छ ।
यो संक्रमण बिरामीको ‘स्किन टु स्किन कन्टेक्ट’, एक अर्काको छालाको सम्पर्कमा आउनाले हुन्छ । उसो खाना खुवाउनाले पनि संक्रमण फैलिन सक्छ भने संक्रमितको लुगाफाटो, व्यक्तिगत सामान, भाडा कुँडा, ओछ्याउना छुनाले पनि अन्य व्यक्तिलाई मंकीपक्स हुन सक्छ । डव्लुएचओको अनुसार ठेउलाको खोप मंकीपक्समा ८५ प्रतिशत सम्म प्रभावकारी देखिएको छ ।
डव्लुएचओले शनिवार मंकीपक्स ७५ मुलुकमा फैलिएको वताए पनि विभिन्न जानकारीहरुको अनुसार यो ८० भन्दा बढी मुलुकमा फैलि सकेको छ । छिमेकी मुलुक भारतमा समेत तीनवटा मंकीपक्स संक्रमित देखि सकिएको छ ।
यो भाइरसको माध्यमले फैलिने एउटा दुर्लभ रोग हो । जो मुख्य रुपले उष्ण कटिवन्धिय वर्षा क्षेत्रमा बढी फैलिन्छ । पछिल्लो समय यो संक्रमण अन्य क्षेत्रमा समेत फैलिएको छ ।
पहिलो पटक सन १९५८ मा मंकीपक्स भाइरस खोरमा थुनिएको एउटा बाँदरमा पाइएको थियो । पछि सन १९७० मा पहिलो पटक मनुष्यमा यसको संक्रमणको पुष्टि भएको हो । हाल सम्म मंकीपक्सको कंगो र पश्चिमी अफ्रिकी गरेर दुई वटा स्ट्रेन देखिएको छ ।
प्रतिक्रिया दिनुहोस