लामो समय सम्म स्वस्थ र जवान रहन उपयुक्त मात्रामा पानी खानुस्
पर्याप्त हाइड्रेसनले व्यक्तिलाई दीर्घकालीन रोगबाट बचाउन सक्ने देखाएको छ। प्रशस्त पानी पिउनु र हाइड्रेटेड रहनु ले मुटु र फोक्सो, मधुमेह र डिमेन्सियाको पुरानो रोगको जोखिम कम गर्न सक्छ।

हालै गरिएको एक अध्ययन को दाबी अनुसार पर्याप्त मात्रामा ‘हाइड्रेटेड’ रहने व्यक्तिहरू लामो समय सम्म जवान र स्वस्थ रहन्छन् । उक्त अनुसन्धान ‘इ वायोमेडिसिन’ मा प्रकाशित छ।
करिव ३० वर्ष भन्दा बढी समय सम्म ११ हजार २ सय ५५ वयस्क को तथ्याङक को आधारमा अनुसन्धानकर्ता हरुको एक टोली सीरम सोडियम को स्तर र अन्य स्वास्थ्य कारकहरूको आधारमा अध्ययन परिणाम संकलन गर्यो।
यो अध्ययन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका विज्ञहरूले गरेका हुन् । मात्रात्मक अध्ययनको नतिजा ले पर्याप्त हाइड्रेसनले व्यक्तिलाई दीर्घकालीन रोगबाट बचाउन सक्ने देखाएको छ।
प्रशस्त पानी पिउनु र हाइड्रेटेड रहनु ले मुटु र फोक्सो, मधुमेह र डिमेन्सियाको पुरानो रोगको जोखिम कम गर्न सक्छ।
यस अध्ययनका अनुसन्धान कर्ताहरूले विश्वको आधा जनसंख्याले पर्याप्त पानी नपिउने दाबी गरेका छन् । हरेक व्यक्तिले दैनिक कम्तीमा १.५ लिटर पानी पिउनु पर्छ तर त्यसलाई पालना नगर्ने लाखौं मानिस छन् । यसले विश्वव्यापी स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ।
कम पानी पिउनाले शरीरमा सीरम सोडियम को मात्रा बढ्छ, जसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ। यस्तो अवस्थामा मानिसहरूले आफू लाई राम्रोसँग हाइड्रेटेड राख्नुपर्छ, ताकि रोगहरूबाट बच्न सकियोस।
प्रतिक्रिया दिनुहोस