मुटु रोग र स्ट्रोक को खतरा को लागि एक्लोपन र सामाजिक जीवन समेत जिम्मेवार
नराम्रो सामाजिक सम्बन्धले मुटु रोग र स्ट्रोकको जोखिम २५ प्रतिशत भन्दा बढी हुन सक्छ
जर्नल हर्ट मा प्रकाशित एक अध्ययनका अनुसार मुटुको रोग र स्ट्रोकको लागि एक्लोपन र सामाजिक जीवन जिम्मेवार हुन्छ ।अनुसन्धानमा के देखिएको छ भने स्ट्रोक र मुटुको स्वास्थ्यमा सामाजिक सम्बन्धले स्पष्ट प्रभाव पार्छ । अनुसन्धान अनुसार कम सामाजिक व्यक्तिहरूमा समय अगावै मृत्युको जोखिम बढ्छ । अध्ययनमा के देखिएको छ भने मृत्यु दरमा सामाजिक सम्बन्धको प्रभाव राम्ररी जोडिएको छ, यस अन्तर्गत शारीरिक गतिविधि र मोटोपना पनि सामेल छ ।
मुटुको रोग र स्ट्रोकको २५ प्रतिशत भन्दा बढी खतरा
समीक्षा अध्ययनमा नराम्रो सामाजिक सम्बन्ध मुटु रोग र स्ट्रोकको खतरा २५ प्रतिशत भन्दा बढी बढाउन सक्ने पाइएको छ । अनुसन्धानमा नराम्रो सामाजिक सम्बन्ध, चिन्ता र जागिरको तनाव जस्तो अन्य मनोसामाजिक खतरा बिच सम्बन्ध पाइयो ।
अनुसन्धानले मुटु रोगको खतरा कम गर्न एक्लोपना र सामाजिक दूरी लाई कम गर्ने सुझाव दिएको छ । बढ्दो उमेर सँगै सामाजिक दुरीको खतरा बढ्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसार ‘सामाजिक दूरी र एक्लोपन’, ले हर्ट एटैक वा स्ट्रोकले हुने मृत्युको खतरा ३० प्रतिशत सम्म बढाउँछ ।
विधवा र सेवा निवृत्त जस्तो लाइफ फ्याक्टरको कारण उमेर सँगै सामाजिक दुरीको खतरा बढ्छ । ६५ वर्ष र त्यो भन्दा बढी उमेरको करिव एक चौथाइ व्यक्ति सामाजिक रूपले अलगाव र एक्लोपना अनुभव गर्छन ।
प्रतिक्रिया दिनुहोस