‘स्वास्थ्य राज्य मन्त्रीले भने:वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने छु’
![](https://www.nepalhealthpress.com/wp-content/uploads/2022/07/health-state-min.jpg)
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले मुलुकमा वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान सँग संगै अत्याधुनिक प्रविधि सहितको उपचार गर्ने छुट्टै केन्द्र स्थापना गर्न आवश्यक रहेको बताएका छन ।
वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको लागि समेत पहल थाल्ने बताएका हुन् ।
नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको औँल्याउदै उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको समेत बताए ।
वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले विरमा रगतजन्य वंशाणुगत रोगको उपचार निशुल्क हुादै आएकोले बिरामीलाई राहत पुगेको बताइन् । उनले वंशाणुगत रोगका सन्दर्भमा सरकारले निती योजना तर्जुमा गर्न आवश्यक रहेको समेत उल्लेख गरिन ।
प्रतिक्रिया दिनुहोस