लामखुट्टेले केही व्यक्ति लाई अन्यको दाँजोमा किन बढि टोक्छ ? शरीर को केही रसायन लाम खुट्टेलाई बढी आकर्षित गर्न सक्छ
‘जुन व्यक्तिको छालामा कार्बोक्जिलिक एसिड बढी हुन्छ, उनीहरु प्रति लामखुट्टेको आकर्षण पनि बढी हुन सक्छ’

के तपाईंलाई लामखुट्टेले अन्य व्यक्तिको दाँजोमा बढी टोक्छ ? यदि तपाईंलाई यस्तो अनुभव भइ रहेको छ भने यसमा केही आश्चर्य जनक छैन । वास्तवमा तपाइको शरीरको केही रसायन लामखुट्टेलाई बढी आकर्षित गर्न सक्छ ।
जर्नल सेलमा प्रकाशित ६४ व्यक्तिमा गरिएको एउटा अध्ययनमा वैज्ञानिकहरूले केही व्यक्तिमा लामखुट्टेले बढी टोक्ने कारणबारे बताएका छन ।
अध्ययनमा संलग्न व्यक्तिहरूको बाहुलामा नाइलनको स्टँकिङ्गस लगाइयो । हरेक व्यक्तिको शरीरको गन्ध नाइलनको स्टँकिङ्गसमा समाहित हुनको लागि ६ घन्टा सम्म लगाएर राखियो ।
अनुसन्धानकर्ताहरूले यो नाइलन लाई टुक्रा पारेर फरक फरक कन्टेनरमा राखे, जसमा पोथी एडीज एजिप्टी लामखुट्टे थियो ।
अनुसन्धानकर्ताले के पाए भने केही कन्टेनरमा राखिएको नाइलनको टुक्रामा लामखुट्टे बढी टाँस्सिएका थिए, जबकी अन्य कन्टेनरमा यसको दाँजोमा कम थिए ।
यो अध्ययनमा के थाहा पाइयो भने छालाको गन्ध फरक फरक लामखुट्टेलाई आकर्षित गर्न सक्छ । युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ(एनआइएच)को अनुसार लामखुट्टे मा भोजनलाई खोज्न विशेष रिस्पेटर हुन्छ, जो उनिहरु लाइ कार्वन डाईअक्साइड लाई पत्ता लगाउन सघाउँछ । हाम्रो छाला वाट पनि यही ग्यास निस्किन्छ । छालाको गन्ध वास्तवमा ब्याक्टेरिया को कारणले हुन्छ । फरक फरक व्यक्तिमा ब्याक्टेरियाको कारणले छालामा गन्ध वा दुर्गन्ध पनि फरक हुन सक्छ ।
अनुसन्धान अनुसार लामखुट्टे यही गन्धको आधारमा केही व्यक्तिलाई बढी जबकी केही व्यक्तिलाई कम टोक्ने गरेका छन ।
छाला प्रति लामखुट्टेको आकर्षण
अनुसन्धान परिणाम अनुसार जुन व्यक्तिको छालामा कार्बोक्जिलिक एसिड बढी हुन्छ, उनीहरु प्रति लामखुट्टेको आकर्षण पनि बढी हुन सक्छ ।
यो एसिड छालाको ‘सेबम’, खण्डमा निर्माण हुन्छ । सेबम एउटा तैलीय पत्र हो जो हाम्रो छालालाई छोप्ने गर्छ । यो एसिड हाम्रो छालालाई मोइस्चराइज र संरक्षित राख्न सघाउँछ । उसो केही व्यक्तिमा यसको उत्पादन बढी किन हुन्छ यो बारे जान्न अध्ययन गरि राखिएको छ । छालाको गन्धको बाहेक केही अन्य कारक पनि लामखुट्टेको आकर्षणको कारण बन्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस