एकै दिन पाल्पा को माथागढीमा कुकुर ले २८ जना लाई टोक्यो

पाल्पा – पाल्पाको माथागढी गाउँपालिका – १ मा सडक कुकुरले बिहिवार बेलुकी सम्म २८ जना लाई टोकेको छ ।
कुकुरले स्थानिय वासी लाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको छ भने चार जनालाई घाँटीदेखि माथिको भागमा टोकेको हो चिदीपानी, रुप्से, कसेनीमा सडक कुकुरले टोकेर घाइते भएका हरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
कुकुर टोकाईवाट घाईते भएका २८ जनामध्ये २५ को मिसन अस्पतालमा उपचार भइरहेको बताए । तीन जना अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
टोकाईले घाईते भएका हरु लाई रेबिज विरुद्धको सुई लगाएपछि थप उपचार भइरहेको छ । घाइते मध्ये चार जनालाई कुकुर ले घाँटीदेखि माथिको भागमा टोकेकाले इम्युनोग्लोबिन को इक्जेन्सन लगाउनुपर्छ ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले घाइते सबैको उपचार गाउँपालिकाले नि:शुल्क गरिने बताए ।
तानसेनस्थित पाल्पा अस्पतालमा भने रेविजविरुद्धको खोप अभाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस