अरिंगालले टोक्दा बालककाे मृत्यु
एउटा अध्ययनमा अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये करीव एक चौथाई व्यक्तिहरूको मृत्यु हुने गरेको देखाएको छ
दार्चुला – शैल्य शिखर नगर पालिका-६ ग्वानिमा अरिंगालले टोक्दा ६ वर्षीय एक बालककाे मृत्यु भएकाे छ ।
आमासँगै मेला गएका प्रशान्तसिंह धामीलाई अरिंगालले टोक्दा मृत्यु भएकाे हो ।
आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जनाएको छ ।
प्रसान्तलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिए पनि उपचारको क्रममै राति मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको एक अनुसन्धानले अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये करीव एक चौथाई व्यक्तिहरूको मृत्यु हुने गरेको देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नलमा प्रकाशित डा.एम.आर. सिग्देल र डा. के.बी. राउतको अनुसन्धान अनुसार अस्पतालमा भर्ना भएका १८ जना बिरामी मध्ये २५ प्रतिशतको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस