शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं – किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ले विगत १९ दिन देखि उपचारार्थ भर्ना रहेका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा बुधवार केही सुधार आएको जनाएको छ ।
पछिल्लो समयमा जोशीमा देखिएको निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी रहेको छ । उनको खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् निरन्तर दिई रहनु पर्ने देखिएको अस्पतालले जनाएकोछ ।
जोशी सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेका र कमजोरी कायमै रहँदा उनलाई डिलक्स क्याबिनमा सारेर सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानी मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस