राष्ट्रपतिभण्डारी लाई कोरोना संक्रमण/अस्पताल वाट मंगलवार सम्म डिस्चार्ज गर्नसकिने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ ।गत शनिबार उनलाई रूघाखोकी र सामान्य ज्वरोका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको जनाउदै शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने – ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’
शिक्षण अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार हाल राष्ट्रपतिको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिनुका साथै ज्वरो लगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य रहेको छ ।
यहि अवस्था कायम रहेमा सम्भवत मंगलवार सम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने समेत उनले जनाए ।राष्ट्रपति लाई अस्पतालको एनेक्स वार्ड बेड नं. ६०१ मा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस