बिरामीको मृत्यू पछि सिएमसी को शिक्षण अस्पताल मा तोडफोड /चिकित्सकको लापरबाहिले बिरामीको मृत्यु भएको आरोप

चितवन- चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तोड़फोड भएको छ ।
भरतपुर महानगरपालिका – १३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ अस्पतालमा मृत्युभएको थियो ।
विरोध प्रदर्शन गर्न आएका मृतक का आफन्त लगायत स्थानीय व्यक्तिले अस्पतालमा मंगलबार दिउँसो चिकित्सक ले लापरबाही गरेका कारणले बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन ।
प्याङ्गक्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे कुँवर भर्ना भएको अस्पताल ले जनाएको छ ।
कुँवरको स्वास्थ्य जटिल हुँदै विभिन्न अंगहरूले काम नगरेका कारण सोमबार साँझ मृत्यू भएको अस्पताल ले जनायो ।
अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको हो । घटना पछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस