डेंगु संक्रमित को संख्यासाढे १५हजार,१६ जनाको मृत्यू

काठमाडौं – नेपालमा डेंगु संक्रमितहरूको संख्या झण्डै साढे १५ हजार पुगेको छ भने मृत्यू हुनेहरुको संख्या १६ पुगेकोछ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार मुलुकमा शुक्रबार सम्म १५ हजार ४ सय २३ जनामा डेंगु संक्रमण देखिएको हो ।
प्रदेशका हिसाबले हालसम्म सबैभन्दा बढी बागमतीमा संक्रमण देखिएको छ । बाग्मतीमा ११ हजार ८ सय ३५ जनालाई डेंगु संक्रमण देखिएको हो ।
पछिल्लो पटक सन् २०१९ मा डेंगुको महामारी फैलिदा देशभरी मा ७ जनाको मृत्यु १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस