अनुसन्धान
गाईको दूधमा बर्ड फ्लु भाइरस, एन्टिभाइरल औषधि समेत प्रभावहीन

वैज्ञानिकहरूले हालै गरेको अध्ययनले गाईको दूधमा बर्ड फ्लु (एच५एन१) भाइरस पाइएको पुष्टि गरेको छ । थप चिन्ताजनक कुरा के छ भने, यस भाइरस विरुद्ध सामान्यतः प्रयोग गरिने एन्टिभाइरल औषधिहरू प्रभाव हीन देखिएका छन् । यो भाइरस न केवल दूधमा भेटिएको छ, तर यस सँग सम्बन्धित डेरी मजदुरहरूमा पनि सङ्क्रमण देखिएको छ ।
बर्ड फ्लुको प्रकोप तीव्र रूपमा फैलिदैं
अमेरिकामा बर्ड फ्लु भाइरसको प्रकोप तीव्र रूपमा फैलिरहेको छ, जसले वैज्ञानिकहरूलाई यस भाइरसको मानव स्वास्थ्यमा पर्ने प्रभावको गहन अध्ययन गर्न बाध्य बनाएको छ । हालै, सेंट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका अनुसन्धान कर्ताहरूले मुसा हरूमा गरिएको अध्ययनबाट थाहा पाए कि फ्लु उपचारका लागि अमेरिका स्थित फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले स्वीकृति दिएका दुई प्रमुख एन्टिभाइरल औषधिहरू यो भाइरस विरुद्ध प्रभावकारी छैन । यो अनुसन्धानको नतिजा ‘नेचर माइक्रोबायोलोजी’ जर्नलमा प्रकाशित गरिएको छ ।
डेरी मजदुरहरूमा सङ्क्रमणको खतरा
अनुसन्धान कर्ताहरूका अनुसार गाईको काँचो दूधमा बर्ड फ्लु भाइरस पाइएको छ । जसका कारण डेरी उद्योगमा कार्यरत मजदुरहरूमा सङ्क्रमण फैलिएको हो । दूधमा रहेको भाइरस आँखा, नाक तथा मुखको सम्पर्कबाट शरीरमा प्रवेश गरी सङ्क्रमण गराइरहेको छ । वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि काँचो दूध पिउनु वा यसको प्रत्यक्ष सम्पर्कमा आउनु भाइरस सङ्क्रमणको जोखिम बढाउने सम्भावना रहन्छ ।
एन्टिभाइरल औषधिहरू प्रभावहीन
अनुसन्धानमा देखिएको छ कि बड फ्लु भाइरसबाट सङ्क्रमित मुसाहरूमा ट्यामिफ्लु (Oseltamivir) र जोफ्लुजा (Baloxavir) नामक एन्टिभाइरल औषधिहरू खाँसै प्रभावकारी देखिएन । वैज्ञानिकहरूका अनुसार जोफ्लुजाले केही हद सम्म भाइरसलाई नियन्त्रण गर्ने प्रयास गर्यो, तर यो पनि हरेक अवस्थामा पूर्ण रूपमा प्रभावकारी देखिएन ।
सङ्क्रमणको तरिका असर गर्ने कारक
वैज्ञानिकहरूका अनुसार भाइरस शरीरमा प्रवेश गर्ने तरिकाले पनि उपचारको प्रभावकारिता निर्धारण गर्छ । अनुसन्धानमा देखिएको छ कि मुख मार्फत (काँचो दूध पिउनु) सङ्क्रमण भएमा सबै भन्दा गम्भीर समस्या देखियो, जसलाई नियन्त्रण गर्न कठिन भयो । भने, आँखाबाट सङ्क्रमण भएमा जोफ्लुजा औषधि तुलनात्मक रूपमा बढी प्रभावकारी देखियो ।
काँचो दूधबाट बच्न वैज्ञानिकहरूको सुझाव
मुख्य अनुसन्धान कर्ता रिचर्ड वेबीका अनुसार बर्ड फ्लुको उपचार चुनौती पूर्ण हुन सक्छ, विशेष गरी यदि सङ्क्रमण गम्भीर भइसकेको अवस्थामा । उनले सङ्क्रमणको जोखिम घटाउनका लागि काँचो दूधको सेवन नगर्न र डेरी मजदुरहरूलाई सुरक्षित राख्न आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्नु पर्ने सुझाव दिएका छन ।
प्रतिक्रिया दिनुहोस