अनुसन्धान

अस्पतालका पाइपमा लुकेर बस्छन् खतरनाक ब्याक्टेरिया, संक्रमणको जोखिम उच्च


अस्पतालमा सफाइका कडा नियमहरू अपनाइए पनि, त्यहाँका सिंक तथा पाइपहरू खतरनाक ब्याक्टेरियाको सुरक्षित आश्रय स्थल बन्न सक्ने एक अध्ययनले देखाएको छ ।

हालै प्रकाशित एक अनुसन्धान अनुसार, यी पाइपमा रहेका ब्याक्टेरियाहरू स्वास्थ्य सेवा सम्बन्धी संक्रमण (healthcare associated infection) फैलाउने प्रमुख कारण बन्न सक्छन्, जसले खास गरी कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका बिरामीहरूलाई प्रभावित गर्छ।

सफा गरिए पनि समस्या यथावत्

स्पेनको बैलेरिक आइल्यान्ड्स विश्वविद्यालयकी प्रोफेसर मार्गरीटा गोमिला नेतृत्वको अनुसन्धान फ्रन्टियर्स इन माइक्रोबायोलोजी पत्रिकामा प्रकाशित भएको छ ।

सो अध्ययनले अस्पताल का पाइपहरूमा ब्याक्टेरियाको संरचना समयक्रममा परिवर्तन हुने देखाएको छ, चाहे सफाइका नियम जति कडा लागू गरिए पनि।

अनुसन्धानका अनुसार, अस्पतालहरूमा पाइप तथा सिंक नियमित रूपमा ब्लीच, रसायन र तातो पानीको भापले सफा गरिन्छ । वर्षमा एक पटक त पाइपलाई कम तापक्रममा हाइपर क्लोरिनेशन प्रक्रिया अपनाएर समेत सफा गरिन्छ ।  तर, यी सबै उपायहरू अपनाउँदा पनि वैज्ञानिकहरूले अस्पतालका पाइपमा ६७ प्रकारका ब्याक्टेरिया फेला पारेका छन ।

सबैभन्दा धेरै ब्याक्टेरिया आईसीयूमा भेटिए

अनुसन्धान अनुसार, जनरल मेडिसिन वार्ड र आईसीयूमा ब्याक्टेरियाको उपस्थिति सबै भन्दा बढी पाइयो भने माइक्रो बायोलोजी प्रयोगशालामा भने तुलनात्मक रूपमा कम देखियो । आईसीयूका नयाँ वार्डहरूमा समेत ब्याक्टेरियाको विविधता उच्च पाइएको छ ।

वैज्ञानिकहरूका अनुसार, स्टेनोट्रोफोमोनास र स्यूडोमोनास एरुगिनोसा नामक ब्याक्टेरियाहरू यी पाइपहरूमा फेला परेका छन्, जुन निमोनिया तथा सेप्सिस जस्ता गम्भीर रोगहरूको कारण बन्न सक्छ । साथै, अनुसन्धानकर्ताहरूले स्यूडोमोनास प्रजातिका १६ अन्य प्रकारका ब्याक्टेरियाहरू फेला पारेका छन्, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि सबै भन्दा खतरनाक एंटीबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरूको सूचीमा राखेको छ।

संक्रमण नियन्त्रणमा चुनौती

अनुसन्धान कर्ताहरूका अनुसार, अस्पतालको शॉर्ट स्टे वार्डमा यी खतरनाक ब्याक्टेरियाहरू बढी मात्रामा फेला परेका छन । यस बाहेक, अन्य वार्डहरूमा पनि फरक फरक खालका ब्याक्टेरिया बारम्बार भेटिएका छन, जसले गर्दा संक्रमणको जोखिम अझ बढ्न सक्छ

स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् कि अस्पतालका पाइप तथा सिंक ब्याक्टेरियाका लागि आदर्श आश्रय स्थल बन्न सक्छन्, जसले गर्दा नयाँ संक्रमणहरू फैलन सक्छन । यी ब्याक्टेरियाहरू को के कारणले उत्पत्ति हुन्छ र बिरामी सम्म कसरी पुग्छन् भन्ने पहिचान गर्न जरुरी छ, ताकि अस्पताल भित्र संक्रमणको दर घटाउन सकियोस ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!