‘डेंगुले ३ को मृत्यु, ७५ जिल्ला प्रभावित, ५११९ जनामा संक्रमण’


काठमाडौं– मुलुकमा यो वर्ष हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा विस्तार भइ सकेको डेंगुले हाल सम्म ३ जनाको मृत्यु हुनुको साथै ५,१,१९ जना सङ्क्रमित भएका छन् ।

अगस्त महिनाको २४ दिनमा देश भरीमा सबै भन्दा बढी तनहुँ जिल्लामा ७२६, कास्की मा २८९, चितवनमा २५४, पर्वतमा २४५, काठमाडौंमा १५२, गोर्खामा १२१, सङ्क्रमण सहित देश भरीमा २,५,०६ डेंगुको सङ्क्रमण देखिएको हो । गत जुलाई महिनामा भने डेंगुको ११२४ सङ्क्रमण देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार प्रदेश गत रूपमा सन २०२४ मा हाल सम्म सबै भन्दा बढी २१८२ डेंगुको सङ्क्रमण गण्डकीमा, १३७७ बागमतीमा, ७०६ कोशीमा, ३८९ लुम्बिनीमा, ३१५ सुदूर पश्चिममा, ७९ मधेशमा र ७१ सङ्क्रमण कर्णाली प्रदेशमा देखिएको हो । हाल सम्म यो वर्ष देश भरी देखिएको कुल डेंगु सङ्क्रमणको झण्डै आधा (४२.०६ प्रतिशत) गण्डकी प्रदेशमा देखिएको हो ।

रोकथाम र बचाउ

  • आफ्नो घर छेउछाउ सफा राखौँ
  • दिउसो लामखुट्टे नटोक्ने बाहुला भएको शरीर छोप्ने लुगा लगाऔं
  • पानीको वर्तन, टंकी आदि छोपेर राखौं अनावश्यक पानीको चुहावट रोकौं
  • पाँच दिन भन्दा बढी समय सम्म पानी एकत्रित गरेर नराखौ
  • घरमा डेंगु सङ्क्रमित भए त्यसलाई झूलमा सुताउने गरौं
  • जुन स्थानको पानी निकाल्नु सम्भव नहोस् त्यहाँ माटो, डिजेल, पेट्रोल, मट्टीतेल वा एन्टि लार्भा रसायन अलि अलि मात्रामा समय समयमा हाल्दै गरौं
  • लामखुट्टेको लार्भा पाइने ठाउँ खोजेर समाप्त गर्नु नै डेंगु रोक्ने सरल तरिका हो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!