मकर सङ्क्रान्ति: तिल खादा हुने अद्भुत फाइदाहरू


नेपालको मौलिक पर्वहरू मध्ये एक विशेष चाड हो मकर सङ्क्रान्ति । जुन माघ महिनाको पहिलो दिन मनाइन्छ । सूर्य मकर राशिमा प्रवेश गर्ने दिन भएकोले यस पर्वलाई खगोल शास्त्रीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

संस्कृति, परम्परा र स्वास्थ्यलाई जोड्ने यो पर्वमा तिल (sesame), चाकु र लड्डुको प्रयोगले एउटा अनौठो स्वाद मात्र होइन, स्वास्थ्य लाभ पनि प्रदान गर्दछ । तर, के तपाई लाई थाहा छ, तिलको सेवनले हाम्रो शरीरलाई धेरै प्रकारको फाइदा पुर्याउन सक्छ?

तिल, जुन प्राचीन काल देखि पोषण र औषधीय गुणहरूको लागि चर्चित छ, विशेष गरी जाडोमा झनै लाभदायक मानिन्छ । आज हामी तिलका यस्ता फाइदाहरूको चर्चा गर्नेछौ । जसले तपाई लाई यस पर्वमा तिलको महत्व झनै बुझाउन मद्दत गर्ने छ ।

तिल खादाका प्रमुख फाइदाहरू 

१. पाचन प्रणालीको साथी: तिलमा पाइने फाइबर (रेसा) पाचन प्रणालीका लागि निकै उपयोगी हुन्छ । यसले कब्जियत, अम्ल पित्त जस्ता समस्यालाई कम गर्छ । तिलको तेलले पाचन प्रक्रियालाई सजिलो बनाउने इन्जाइम उत्पादनमा मद्दत पुर्याउँछ । यदि तपाई नियमित रूपमा तिलको सेवन गर्नु हुन्छ भने, पाचन सम्बन्धी कुनै गुनासोको आवश्यकता नै नपर्ने मान्यता छ ।

२. हड्डी बलियो र दाँत चम्किलो: क्याल्सियम र म्याग्नेसियम जस्ता महत्वपूर्ण खनिजले तिललाई हाम्रो हड्डी र दाँतको स्वास्थ्य सुधार्न उत्कृष्ट स्रोत बनाउँछ । तिलको नियमित सेवनले ओस्टियोपोरोसिस जस्ता रोगहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ । बच्चा देखि बुढापाका सम्मका लागि तिल स्वास्थ्य वर्द्धक हुन्छ ।

३. तौल घटाउन सहयोगी: यदि तपाई तौल घटाउने सोचमा हुनुहुन्छ भने, तिल तपाई को आहारमा सामेल हुनु पर्छ । तिलमा हुने फाइबरले तपाई को पेटलाई लामो समय सम्म भरिएको महसुस गराउँछ । यसले अनावश्यक स्न्याक्स खाने बानीलाई कम गरेर तौल नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ ।

४. रोग प्रतिरोधात्मक क्षमता बढाउने :जाडो मौसममा रुघा खोकी जस्ता समस्या बढ्न सक्छ । यस्तो अवस्थामा तिलमा पाइने एन्टी अक्सिडेन्टले शरीर लाई फ्री रेडिकल्स बाट जोगाउँदै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले तपाई लाई विभिन्न संक्रमणबाट बचाउन सहयोग पुर्याउँछ।

५. छालालाई चम्किलो बनाउँछ: भिटामिन ई को प्रमुख स्रोत तिल छालाको लागि वरदान जस्तै हो । तिलको सेवनले छालालाई स्वस्थ, नरम र चम्किलो बनाउँछ । यसले सुक्खा पन लाई कम गर्छ र च्याउरीहरू लाई टाढा राख्छ । तिलमा पाइने प्रोटिन र पोषक तत्वहरूले कपाललाई बलियो र चमकदार बनाउन समेत सघाउँछ ।

६. रगतको कमी (एनीमिया) हटाउन प्रभावकारी: तिलमा आयरनको मात्रा अत्यधिक हुन्छ, जसले एनीमियाका बिरामीहरूलाई ठूलो राहत दिन सक्छ । यदि तपाई लाई बारम्बार थकान र कमजोरी महसुस हुन्छ भने तिललाई आफ्नो नियमित भोजनमा समावेश गर्नुस । यसले तपाई को शरीरलाई ताजा र ऊर्जा वान बनाउँछ ।

तिल मकर संक्रान्तिमा किन आवश्यक ? 

जाडो मौसममा शरीरलाई न्यानो राख्न, ऊर्जा प्रदान गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन तिल जस्तो पोसिलो पदार्थको खपत अनिवार्य जस्तै मानिन्छ । यो बाहेक मकर संक्रान्तिमा तिल, चाकु र गुड खादा परम्परागत मान्यताका साथ साथै स्वास्थ्य लाभ पनि पाइन्छ ।

मकर सङ्क्रान्ति मात्र चाड पर्व होइन, यो शरीर र मनलाई सन्तुलनमा राख्ने एउटा सुनौलो अवसर हो । यस मकर संक्रान्तिमा तिललाई आफ्नो भोजनको महत्वपूर्ण हिस्सा बनाउनुहोस् र स्वास्थ्य लाभको अनुभूति गर्नु होस । (आयुर्वेदका चिकित्सक द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!