जाडोमा छाला र कपाल नरम राख्ने एवं सुक्खापन बाट जाेगाउने आयुर्वेदिक टिप्स


जाडो मौसममा शरीरमा सुक्खापन बढ्नु एक धेरै सामान्य समस्या हो । सुक्खा पनले छाला र कपाललाई गम्भीर क्षति पुर्याउ छ ।  यस समयमा चिसो तापक्रम र चिसो हावा यसको लागि जिम्मेवार छन् । जसले छाला र कपालबाट ओसिलो पन खोस्छ ।

त्यसैले धेरैजसो मानिसहरूले कपाल झर्ने, टाउको सुक्खा हुने, डन्डीफोर आउने र टाउकोको चाया जस्ता समस्याहरूको सामना गर्छन् ।

यस बाहेक छाला सुक्खा हुनुको साथै फाट्न थाल्छ । यसले गर्दा छाला सँग सम्बन्धित धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । जाडो मौसममा यो सुक्खा पनका कारण मानिसहरूलाई धेरै असहज महसुस हुन्छ र धेरै समस्या समेत हुन्छ । जाडोमा छालालाई नरम राख्न र सुक्खा पनबाट छुटकारा पाउन यी आयुर्वेदिक टिप्स उपयोगी हुन सक्छ ।

अभ्यंङ्ग: 

आयुर्वेदले जाडोमा नियमित अभ्यंङ्ग  (तेल मालिस) गर्न सुझाव दिन्छ । अभ्यंङ्ग ले छालालाई पोषण दिन्छ । यसले बुढ्यौलीको प्रक्रियालाई समेत ढिलो गर्छ र थकाइ कम गर्छ । यति मात्र नभइ यसले जाडोमा प्रबल हुने र छाला सुक्खा हुने वात दोष (दुखाई र पीडा) लाई शान्त पार्छ ।

अताप–सेवन:

जाडोमा बिहानको घामको किरणमा पर्नु भनेको तपाई को चिसो शरीर/छालालाई न्यानो पार्नु जस्तै हो । अभ्यंङ्ग पछि आतप (सुर्यको प्रकाश) सेवन गर्नु पर्ने आयुर्वेदिक सल्लाह हो । किनकी यसले तपाई को छालामा तेलको उचित अव शोषणमा मद्दत गर्दछ, जसले तपाई को छालालाई सुक्खा हुन दिँदैन । साथै, यसले भिटामिन डी प्राप्त गर्न सघाउँछ ।

व्यायाम: 

जाडो महिना व्यायाम गर्ने सबै भन्दा राम्रो मौसम हो । जाडोमा सबैको शरीरमा अधिकतम शक्ति हुन्छ । जाडोमा घाममा सके सम्म धेरै व्यायाम गर्नाले तपाई लाई दिनभरि न्यानो र ऊर्जा वान् रहन मद्दत गर्छ । व्यायामले तपाई को शरीरको अग्निलाई सक्रिय बनाउँछ । जसले तपाई को छालालाई न्यानो राख्छ, र पाचन प्रणालीलाई सक्रिय बनाउँछ । यसले तपाई लाई जाडोमा खाने सबै स्वस्थ बोसो पचाउन मद्दत गर्दछ । तपाई को छालालाई नरम, चम्किलो र ओसिलो राख्न मद्दत गर्दछ ।

नुहाउने:

आयुर्वेदले जाडोमा मनतातो पानीले (धेरै तातो होइन) नुहाउन सुझाव दिन्छ । तातो पानीले नुहाउँदा तपाई को छाला डिहाइड्रेट (पानी गुम्नु) हुन्छ र छाला सुक्खा हुन्छ । साथै छाला फुट्ने सम्भावना बढी हुन्छ। त्यसैले जाडोमा तातो पानीको सट्टा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ ।

नाकमा तेल हाल्नु (नस्य): 

नस्य भनेको नाकमा औषधी युक्त तेल हाल्नु हो। यसले टाउको दुख्ने, माइग्रेन, साइनस् कन्जेसन, एलर्जी, नाकबाट रगत बग्ने, नाकको सुक्खा मार्ग, सेतो कपाल, कपाल झर्ने, अनिद्रा आदिमा मद्दत गर्छ । सुत्दा दुवै नाकको प्वालमा २ थोपा गाईको घिउ वा अनुको तेल/तिलको तेल हाल्नाले जाडोमा राम्रो निन्द्रा लाग्छ ।

खुट्टा को मालिस: 

घिउ, तिल/तोरीको तेलले खुट्टा मालिस गर्नुहोस् । यसले तपाई को पैताला फुट्न बाट जोगाउँछ, तपाई को मन र शरीरलाई आराम दिन्छ र शरीरमा रक्तसञ्चार सुधार गर्छ । (आयुर्वेद चिकित्सक द्वारा चिकित्सकीय समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!