‘२१ डिसेम्बरमा विश्व ध्यान दिवस, श्री श्री रवि शङ्कर सँग सामूहिक अनलाइन ध्यान’
काठमाडौं– राजधानी काठमाडौं स्थित ‘द आर्ट अफ लिभिङ नेपाल, ले पहिलो ‘विश्व ध्यान दिवस’, (वर्ड मेडिटेसन डे) को अवसरमा शनिवार सामूहिक ध्यानको आयोजना गर्न तथा सामाजिक सञ्जालको उपयोग गर्दै आफ्नो कार्यस्थल, समुदाय वा अनलाइन ध्यान सत्रको माध्यमले सामूहिक रूपले जुडेर मेडिटेसनको लाभ लिन आग्रह गरेको छ ।
ध्यानका फाइदाहरू बारे मानिसहरूलाई सचेत गराउने र ध्यान अभ्यासको प्रवर्द्धन गर्ने उद्देश्यले हालै संयुक्त राष्ट्र सङ्घको महासभाले २१ डिसेम्बर लाई ‘विश्व ध्यान दिवस’ मनाउन अनुमोदन गरेको हो ।
वर्षेनी जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । यसको ठीक ६ महिना पछि २१ डिसेम्बर मा यो वर्ष देखि विश्व ध्यान दिवस मनाउन थालिएको छ ।
यो वर्षको थीम आन्तरिक शान्ति, वैश्विक सद्भाव तय गरिएको हो । यसको उद्देश्य मानसिक तथा आन्तरिक वा मनको शान्ति को माध्यमले विश्व भरीमा शान्ति कायम गर्नु र मानिसहरूलाई ध्यान को लागि प्रेरित गरेर सकारात्मक जीवन बाच्नु रहेको द आर्ट अफ लिभिङ नेपाल, शङ्ख मूल केन्द्रका महासचिव प्रभु राज वैद्य बताउँछन् ।
आगामी शनिवार बिहान नेपाली समय अनुसार ८.१५ बजे ‘ वर्ड मेडिटेटस विथ गुरुदेव’, (विश्वले गुरुदेव सँग ध्यान गर्छ) मा मोबाइल, कम्प्युटर वा अन्य माध्यम वाट अनलाइन सहभागी भइ श्री श्री रवि शङ्कर सँग वर्ड मेडिटेसन डे को दिन सामूहिक ध्यान गर्न समेत महासचिव वैद्यले सबै सँग आग्रह गरे । आध्यात्मिक गुरु श्री श्री रवि शङ्कर शनिवार २१ डिसेम्बरमा विश्व ध्यान दिवसको अवसरमा लाइभ वर्ड मेडिटेसन समेत गर्नेछन् ।
‘डिसेम्बर २१ हिउँदको संक्रान्तिको दिन हो र परम्परा अनुसार यो दिन ‘उत्तरायण’ को सुरुवात हो, जुन वर्षको शुभ दिनहरू मध्ये एक हो, विशेष गरी आन्तरिक विचार र ध्यानको लागि’, वैद्य भन्छन् ।
संयुक्त राष्ट्र महासभाले भारत द्वारा सह प्रायोजित एक मसोदा प्रस्ताव लाई सर्व सम्मतिले स्वीकार गर्दै २१ डिसेम्बर लाई विश्व ध्यान दिवस घोषित गरेको हो । यसमा नेपाल, श्रीलङका, मेक्सिको, लिंकटेस्टीन र अंडोरा लगायतका मुख्य समूहका सदस्य थिए । जसले १९३ सदस्यीय संयुक्त राष्ट्र महासभामा विश्व ध्यान दिवस को शीर्षकको प्रस्ताव लाई सर्व सम्मति ले पारित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए ।
के हो ध्यान ?
ध्यानको अभ्यास भनेको दिमागलाई ध्यान केन्द्रित गर्ने र आफ्नो विचारहरूलाई पुनः निर्देशित गर्ने प्रक्रिया हो । पछिल्लो केही वर्ष देखि ध्यान लाई आफ्नो जीवनको को अंग बनाएका व्यवसायी एवं द आर्ट अफ लिभिङ्ग नेपालका महासचिव प्रभु राज वैद्य भन्छन–‘ध्यानको लागि, शान्त ठाउँ मा आराम सँग बस्नु । यसपछि गहिरो सास लिनुहोस् र आफ्नो दिमागलाई एक ठाउँमा केन्द्रित गर्ने प्रयास गर्नु होस् । ध्यानको क्रममा, एक व्यक्तिको श्वास प्रश्वासमा ध्यान केन्द्रित गर्ने र मनलाई एकाग्र गर्ने प्रयास गरिन्छ ।’
धेरै मानिसहरू ध्यान लाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिका समेत मान्दछन । अध्ययनले देखाउँछ कि ध्यानले सकारात्मक मुड र मनोवृत्ति सिर्जना गर्न, आत्म–अनुशासन स्थापना गर्न, निन्द्राको ढाँचा सुधार गर्न र मानसिक स्वास्थ्य कायम राख्न मद्दत गर्दछ ।
प्रतिक्रिया दिनुहोस