विश्व मुख स्वास्थ्य दिवस

मुख स्वास्थ्यले तपाई को शरीर मात्र हैन मस्तिष्क लाई समेत असर गर्छ


हाम्रो मुलुकमा अधिकांश व्यक्तिहरू दाँत वा गिजाको दुखाइ महसुस हुँदा मात्र दन्त चिकित्सक कहाँ जान्छन् । तर मुख स्वास्थ्यले शारीरिक स्वास्थ्य लाई मात्र नभई मानसिक स्वास्थ्य लाई पनि असर गर्छ ।

स्वस्थ मुख खाना चपाउने वा आकर्षक मुस्कान देखाउने उपकरण मात्र होइन । दाँत र गिजाको स्वास्थ्यले आत्मविश्वास र समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ ।

हामीले कहिल्यै बिर्सनु हुन्न, मुख शरीरको प्रवेश द्वार हो । ओरल क्याभीटी अर्थात् दाँतमा बनेको प्वाल वा ओढार रोग जनक ब्याक्टेरियाको भण्डारको रूपमा कार्य गर्न सक्छ । जसले हाम्रो रगतको प्रवाहमा प्रवेश गरेर शरीरका अन्य भागहरूमा समेत फैलिन सक्छ ।

यति मात्र नभइ मुखमा सङ्क्रमण, औषधि वा आधारभूत स्वास्थ्य अवस्थाका कारण दीर्घकालीन सुन्याइले समेत रगतमा सुन्याइ सम्बन्धी सङ्केतहरू वृद्धि गर्न सक्छ, जसले रोग प्रतिरोधात्मक प्रणाली र सम्पूर्ण स्वास्थ्यलाई नै प्रभाव पार्न सक्छ । यी कारणले गर्दा मुख स्वास्थ्य सम्पूर्ण प्रणाली गत स्वास्थ्यको प्रतिविम्ब मात्र नभई यसको एक योगदान कर्ता समेत हो ।

मुख स्वास्थ्य को भयावह अवस्था विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कले समेत देखाउँछ । विश्वमा मुखको रोगले लगभग ३ अर्ब ७० करोड मानिसहरूलाई असर गर्ने अनुमान गरिएको छ ।

नबिर्सौ, खराब मुख स्वास्थ्यले शरीरलाई असर गर्छ । यसले व्यक्ति विशेषको को जीवनको गुणस्तर मा समेत कमी ल्याउन सक्छ । सामान्य भाषा मा भन्ने हो भने दाँत मा कीरा लाग्न, गिजामा विभिन्न समस्या, रोग आदिले हामी लाई पीडा मात्र दिँदैन असुविधा समेत निम्त्याउने गरेको छ । जसले गर्दा चिन्ता, तनाव र उदासी रोग समेत निम्त्याउन सक्छ भन्दा तपाइहरू लाई आश्चर्य समेत लाग्न सक्ला । तर यो वास्तविकता हो र यसलाई अस्वीकार गर्न सकिँदैन ।

दाँतको विभिन्न खाले समस्याले गर्दा खान वा बोल्न कठिनाइले सामाजिक चिन्ता बढाउन सक्छ, आत्म सम्मान समेत कम गर्न सक्छ । दाँत बाङ्गो टिङ्गो, तल माथि हुनु, दाँत झर्नु, दाँतको रङ्ग परिवर्तन हुनु लगायतका समस्या ले लज्जाको भावना निम्त्याउन सक्छ । जसले व्यक्तिको आत्मविश्वास र शरीरको छविलाई समेत असर गर्छ ।

तपाइहरूले आफ्नो टोल , छिमेक, समाजमा अवश्य हेर्नु भएको होला, मानसिक रुपमा अस्वस्थ व्यक्तिहरूको मुख स्वास्थ्य राम्रो हुँदैन ।

मानसिक स्वास्थ्यले मौखिक स्वच्छताको अभ्यासहरूलाई प्रभाव पार्छ । डिप्रेसन र चिन्ता जस्ता मानसिक स्वास्थ्य अवस्थाहरूले मुख स्वास्थ्य, व्यक्तिगत स्वच्छता लाइृ बेवास्ता गर्न सक्छ । यति मात्र नभइ मनोचिकित्सा अवस्थाहरूको लागि उपयोग गरिने केही औषधिहरूले सुक्खा मुख जस्ता साइड इफेक्टहरू समेत निम्त्याउन सक्छ । ओरल क्याभीटी र गिजा रोगको जोखिम बढाउन सक्छ । आफ्नो समग्र स्वास्थ्य कायम राख्न हामी लाई मुख स्वास्थ्यलाई उच्च प्राथमिकता दिनै पर्छ ।

मुख स्वास्थ्य राम्रो रहनको लागि रोकथाम र हेरचाह महत्वपूर्ण छ । यस अन्तर्गत दिनहुँ बिहान र सुत्ने बेलामा दाँत माझ्ने, जिब्रो सफा गर्ने, दैनिक दाँतको कापहरूमा फ्लस गर्ने, सन्तुलित आहार लिने, मदिरा र सुर्ती जन्य पदार्थहरूबाट टाढा रहने काम गर्नु पर्छ ।

तर तपाई ले आफ्नो मुख स्वास्थ्य कायम राख्न गरेको प्रयास सँगै नियमित रुपमा दाँतको परीक्षण गराउने वानी समेत कायम गर्नु सुन मा सुगन्ध हो । राम्रो मुख स्वास्थ्य कायम राख्नाले दाँतमा बनेको प्वाल ओढार, गिजाको रोग, अन्य दन्त समस्याहरू रोक्न मद्दत गर्न सक्छ ।

तपाइ हामी सबै जनाले यो वर्ष मुख स्वास्थ्यलाई समेत उच्च प्राथमिकता मा राखौं । अनुहार लगायत देखिने वा नदेखिने शरीरको अन्य भाग अङ्ग हरु लाइ महत्व दिए जस्तै मुखको समेत हेरचाह गरौं । राम्रो मुख स्वास्थ्य ले तपाई लाई अन्य विभिन्न रोग वाट जोगाउँछ । (दन्त चिकित्सक डा. रश्मि काठमाडाैं स्थित कस्तुरबा डेन्टल केयरमा कायर्रत छिन ।)

मुखको स्वास्थ्यका लागि सामान्य उपाय 

  • बिहान र राती गरी दुई पटक दाँत सफा गर्नुस ।
  • सधैँ नरम ब्रिस्टल भएको टूथब्रश प्रयोग गर्नुस ।
  • खाना खाए पछि राम्ररी कुल्ला गरेर मुख सफा गर्नुस ।
  • गुलियो पदार्थ सेवन पछि राम्ररी कुल्ला गर्नुस ।
  • दाँतको बीचमा फ्लस गरेर अड्किएका खाना कणहरू हटाउनूस ।
  • बालबालिकाहरू लाई मटरको आकार बराबर मात्रामा टुथपेस्ट दिनुहोस् र ब्रस गरे पछि थुक्न लगाउनूस । जिब्रो नियमित रूपमा सफा राख्नुस । जिब्रोलाई टंग क्लिनर वा टूथब्रशले पनि सफा गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!