शरीरको लागि भिटामिन डी कति आवश्यक
भिटामिन डी मानव शरीरको स्वस्थता को लागि अत्यन्त महत्वपूर्ण पोषण तत्व हो । यसलाई ‘सूर्य वाट पाइने भिटामिन’ पनि भनिन्छ । किनभने हाम्रो शरीरले घामको किरणहरू बाट भिटामिन डी उत्पादन गर्दछ । यो शरीरको हड्डी, दाँत, रोग प्रतिरोधात्मक प्रणाली र मांसपेशीहरूको लागि महत्वपूर्ण भूमिका खेल्दछ ।
भिटामिन डी को प्रमुख भूमिका क्याल्सियम र फस्फोरसको उचित अव शोषणमा हुन्छ । क्याल्सियमले हड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्दछ भने भिटामिन डीको अभावले रिकेट्स (बालबालिकामा हड्डी कमजोर हुने रोग) वा ओस्टियोमलासिया (वयस्कहरू मा हड्डीको नरमपना) हुन सक्छ ।
रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन भिटामिन डीले ठूलो योगदान पुर्याउँछ । यसले शरीरलाई संक्रमण र रोगहरूसँग लड्न सघाउँछ । भिटामिन डीको कमीले शरीरमा थकान, डिप्रेसन र अन्य दीर्घकालीन रोगहरू जस्तै मधुमेह, मुटु रोग र क्यान्सरको जोखिम बढ्न सक्छ।
भिटामिन डीको कमीको कारण, लक्षणहरू र उपचार
भिटामिन डीको कमी हुन सक्ने कारणहरूः
- घामको कमीः नियमित रूपमा सूर्यको प्रकाश मा नबस्दा ।
- आहारको अभावः भिटामिन डी युक्त खानेकुराहरू (माछा, अण्डा, दूध जन्य पदार्थ) कम खानु ।
- शरीरले भिटामिन डी अव शोषण गर्न नसक्नुः आमाशय तथा आन्द्रा सम्बन्धी (ग्यास्ट्रोइंटेस्टाइनल) समस्या (जस्तै, क्रोन्स रोग वा सिलिएक रोग)।
- मृगौलाको रोगः मृगौलाले भिटामिन डी लाई सक्रिय स्वरूपमा बदल्न नसक्दा।
- छाला गाढा हुनुः गाढा छालाले सूर्यको प्रकाशबाट भिटामिन डी बनाउने क्षमता घटाउँछ।
लक्षणहरू
- हड्डी दुख्ने समस्याः हड्डी कमजोर भई दुख्ने।
- मांसपेशी कमजोरः शारीरिक काम गर्न गाह्रो हुने।
- थकान र कमजोरीः सधैँ थाकेको महसुस हुने।
- बालबालिकामा रिकेट्सः हड्डीको विकृति।
- प्रतिरोधात्मक क्षमता कमजोरः बारम्बार संक्रमण हुने।
- मुड स्विंगः डिप्रेसन र चिढिनु ।
- दाँत कमजोर हुनेः दाँत र गिजामा समस्या देखिनु ।
उपचार
- सूर्यको प्रकाशः बिहान १० देखि ४ बजेको घाममा १५–३० मिनेट बस्ने ।
- आहार सुधारः भिटामिन डी युक्त खाने कुरा खाने ।
- माछा (साल्मन, टुना, माछाको कलेजोको तेल) ।
- अण्डाको पहेँलो भाग ।
- दूध जन्य पदार्थ : गाईको दुध, दही, पनिर, घिउ ।
- गेडागुडी, जडीबुटी र च्याउ (विशेष गरी घाममा सुकाइएको) ।
- बदाम र ओखर ।
- सोया उत्पादनहरू (टोफु, सोया दूध) ।
औषधि सेवनः
- डाक्टरको सल्लाहमा भिटामिन डी सप्लिमेन्ट लिने ।
- भिटामिन डी२ वा डी३ चक्की वा झोल औषधि ।
हड्डी बलियो बनाउनः क्याल्सियम युक्त खाना र सप्लिमेन्ट पनि आवश्यक हुन सक्छ ।
नोट : डाक्टरको सल्लाह बिना औषधि प्रयोग नगर्नुहोस् ।
दीर्घकालीन समस्याहरू जस्तै मृगौलाको समस्या भएमा नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । समयमै उपचार नगरेमा यो समस्या हड्डी सम्बन्धी गम्भीर रोगहरू निम्त्याउन सक्छ ।
भिटामिन डी हाम्रो शरीरको हड्डी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न, र समग्र स्वास्थ्य लाई कायम राख्न अति आवश्यक छ । यसको कमीले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, त्यसैले यसको नियमित आपूर्ति सुनिश्चित गर्नु आवश्यक छ । (हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सम्राट पराजुली लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज , बुटवल मा कार्यरत छन)
प्रतिक्रिया दिनुहोस