जाडो याममा हड्डी सँग सम्बन्धित समस्या र समाधान


जाडो याममा चिसोले हड्डी र जोर्नीमा असर पार्ने भएका ले विभिन्न समस्या देखा पर्न सक्छन् । जाडोमा घामको कमी को कारण भिटामिन डी को मात्रा समेत घट्छ । भिटामिन डी हाडको स्वास्थ्य को लागी धेरै महत्वपूर्ण छ । हाम्रो शरीरले यो भिटामिनलाई आहार स्रोतबाट प्रभावकारी रूपमा अव शोषित गर्न सक्दैन र यसले जाडो महिनाहरूमा हड्डी र जोर्नीको अवस्था कमजोर हुन्छ ।

जाडो मा बुढापाकाहरू, हड्डी सम्बन्धी रोगी, चोट पटक भोगेका व्यक्तिहरू लाई बढी प्रभावित बनाउँछ । तर उचित सावधानी र उपायहरू अपनाएर यस्ता समस्याबाट बच्न सकिन्छ ।

हड्डी सँग सम्बन्धित मुख्य समस्याहरू

१. आर्थराइटिस (Arthritis)

जाडो याममा आर्थराइटिस अर्थात् जोर्नी को सुजन या समक्रमण ले गर्दा हुने पीडा वा जलन भएका व्यक्तिहरूमा दुखाइ र कठोरता बढ्न सक्छ । चिसोले रगतको प्रवाह घटाउँछ, जसले जोर्नीमा असहजता उत्पन्न गर्दछ ।

२. जोर्नी को दुखाइ (Joint Pain)

कम तापक्रमले हड्डी को जोर्नीको तरल पदार्थ (Synovial Fluid) गाढा बनाउँछ । जसले जोर्नीको लचकतामा कमी ल्याउँछ । यो वृद्ध र मोटो पन भएका व्यक्तिमा बढी देखिन्छ । जोर्नीको तरल पदार्थ गाढा हुने भएका ले लचकतामा कमी आउँछ ।

३. ओस्टियउपोरोसिस (Osteoporosis)

अस्थि–सुधिरता अर्थात् हड्डी मा विरलीकरण वा छिद्रता बढ्दै जानु लाई ओस्टियउपोरोसिस भनिन्छ । हड्डी कमजोर हुने यो अवस्थाले जाडो याममा समस्या झनै बढाउँछ । चिसो मौसमले हड्डी टुट्ने जोखिम बढाउँछ ।

४. पुरानो चोट पटकको दुखाइ

चिसो मौसमले पुराना चोट पटकका घाउहरूलाई दुख्ने बनाउँछ । यो समस्या धेरै जसो खेलाडीहरू वा हड्डी भाँचिएका व्यक्तिहरूमा देखिन्छ ।

समाधानका उपाय 

१. नियमित व्यायाम जोर्नी र मांसपेशीलाई सक्रिय राख्न नियमित रूपमा हल्का व्यायाम गर्नु आवश्यक छ । 

  • जोर्नी घुमाउने, स्ट्रेचिङ र योग जस्ता व्यायामले जोर्नीमा लचकता बढाउँछ ।
  • बिहानको चिसोबाट बच्न व्यायाम गर्ने समय अपराह्‍न तिर राख्न सकिन्छ ।

२. तातो वातावरणमा रहनु

  • चिसोबाट बच्न न्यानो लुगा फाटो लगाउनुपर्छ।
  • कोठामा हावाको ओहोर दोहर कायम राख्दै हिटर वा तताउने साधनको प्रयोग गर्नु ।
  • चिसो भुइँमा बस्न र हिँड्न बाट जोगिनु ।

३. तातो पानीको सेकाइ

  • जोर्नी र हड्डीको दुखाइ कम गर्न तातो पानीले सेकाइ गर्नु ।
  • सुकिलो तौलियालाई तातो पानीमा चोबी सेकाइ गर्दा आराम मिल्छ ।
  • आवश्यक भएमा मेडिकल हिटिङ प्याडको प्रयोग गर्नु ।

४. सन्तुलित आहार

हड्डी बलियो बनाउन निम्न खानाहरूमा ध्यान दिनु पर्छः 

  • क्याल्सियम युक्त आहारः दूध, दही, चीज, गेडागुडी ।
  • भिटामिन डीः घाममा केही समय बस्ने र अण्डा, माछा आदिको सेवन गर्ने।
  • ओमेगा–३ फ्याटी एसिडः महत्त्वपूर्ण पोषक तत्व पाइने माछा र आलसको बीउ खाने ।

५. चिसोबाट बच्ने उपाय

  • बाहिर निस्किँदा न्यानो पन्जा, मोजा, र टोपी लगाउने ।
  • चिसो हावा नछिर्ने गरी झ्याल, ढोका राम्रो सँग बन्द गर्ने ।

६. डाक्टरको सल्लाह लिनु 

  • यदि दुखाइ वा समस्या बढी हुने हो भने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सँग सल्लाह लिने।

निष्कर्ष

जाडो याममा हड्डी सम्बन्धी समस्या प्राकृतिक रूपमा बढ्न सक्छ, तर उचित सावधानी, सही जीवन शैली र समयमै उपचार अपनाएर यी समस्याबाट बच्न सकिन्छ ।

स्वस्थ आहार, नियमित व्यायाम, र चिसोबाट जोगिएर यो मौसमलाई सहज बनाउन सकिन्छ । (हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सम्राट पराजुली लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज , बुटवल मा कार्यरत छन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!