के वायु प्रदूषणले तपाइको मिर्गौलालाई हानी पुर्याउन सक्छ ?
वायु प्रदूषणको प्रतिकूल प्रभाव श्वास प्रश्वास, रक्तसञ्चार प्रणाली मात्र नभइ मिर्गौलाको काम गर्ने क्षमतामा समेत देखिन्छ । विशेष गरी वातावरणीय प्रदूषकहरू बाट हुने विषाक्त प्रभाव वाट मिर्गौला को छान्ने प्रणाली प्रभावित हुन्छ ।
प्रदूषकहरूको वातावरणीय र व्यावसायिक जोखिम विश्व भर र विशेष गरी विकासोन्मुख देशहरूमा मिर्गौला रोगको सामान्य कारण बनेको छ ।
विश्व व्यापी रोगको बोझको २२ प्रतिशत र मृत्युको २३ प्रतिशत कारण पर्यावरण प्रदूषण हो । आम जनता अनिवार्य रूपमा वातावरणीय प्रदूषकहरूको सम्पर्कमा छन् ।
भारतमा कुनै राम्रो सामुदायिक तथ्याङ्क छैन । यद्यपि विश्वका अन्य भागहरूका अध्ययनहरूले देखाएका छन् कि २.५ माइक्रोन (मानव कपाल भन्दा २८ गुना कम व्यास भएको कण) भन्दा सानो सूक्ष्म कणहरू (पार्टिकुलेट म्याटर) को दीर्घकालीन एक्सपोजर (सम्पर्कले उत्पन्न जोखिम) मेम्ब्रेनस नेफ्रोप्याथीको बढ्दो जोखिम र मृगौला कार्यमा द्रुत गिरा वट सँग सम्बन्धित छ । मेम्ब्रेनस नेफ्रोप्याथी एक मिर्गौला रोग हो । जुन मिर्गौला को फिल्टरहरूमा भएको क्षतिले गर्दा हुन्छ र यसको परिणाम स्वरूप पिसाब वाट ठूलो मात्रामा प्रोटिनको चुहावट हुन्छ । यो विश्वास गरिन्छ की यी क्षति पार्टिकुलेट म्याटर ले गर्दा हुने गर्छ ।
अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीको जर्नलमा हालै प्रकाशित एउटा अनुसन्धान अनुसार वायु प्रदूषणले मृगौला रोगको नयाँ केसहरू को जोखिम थप्ने गरेको छ र दीर्घकालीन मिर्गौला रोग (सिकेडी) भएकाहरूमा डायलासिसको अवस्था सम्म पुग्ने द्रुत जोखिम देखिएको छ ।
यस अध्ययनले २५ लाख वयस्क व्यक्तिहरू को मूल्याङ्कन गरेको छ जसलाई सन २००३ र २००४ मा जाँच गर्दा ताका मिर्गौला रोग थिएन । उनीहरूका केसहरू लाई औसत रूपमा ८.५ वर्ष सम्म देश भरीमा पछ्याइएको थियो र देश भर को वायु प्रदूषण स्तर सँग तुलना गरिएको थियो । जुन प्रदूषणको स्तर इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी (इपीए) र नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) द्वारा निगरानी गरिएको थियो ।
शोध कर्ताहरूले अमेरिकामा वायुको गुणस्तरमा हालैको सुधार र बिरामीहरूको मिर्गौला रोग जोखिम कारकहरू (उमेर, जाति, लिङ्ग, हृदय रोग, फोक्सोको रोग, मधुमेह, उच्च रक्तचाप, धूम्रपान, मोटो पना, र गरिबी) लाई पनि ध्यानमा राखे ।
हावामा १० माइक्रोग्राम प्रति क्युबिक मिटर को प्रदूषणमा हुने वृद्धि ले नयाँ मिर्गौला रोग भएका वयस्कको सङ्ख्यामा २५ देखि ३७ प्रतिशतले वृद्धि भएको, मिर्गौला को कार्यमा द्रुत हानी हुनेमा ३६ प्रतिशतले वृद्धि भएको र ३१ प्रतिशतले मिर्गौला फेल भएर डायलासिसको अवस्थामा जाने अध्ययनले देखाएको छ ।
प्रदूषणका कारण करिब ४५ हजार दीर्घकालीन मिर्गौला नयाँ केसहरू र अध्ययनको क्रममा रहेका २४३८ बिरामीले डायलासिस सुरु गरेको अध्ययनले अनुमान गरेको छ ।
यस्तै ताइवान र कोरियाली वयस्कहरू मा गरिएको अध्ययनमा उच्च पार्टिकुलेट म्याटर वायु प्रदूषण को स्तर र मिर्गौला को कार्यमा कमी को बीच सम्बन्ध रहेको पाइएको छ र सीकेडी विकसित हुने जोखिम बढ्छ ।
युरोपमा गरिएको एउटा अध्ययनमा वायु प्रदूषण को उच्च स्तर को अल्पकालीन सम्पर्क लाई ग्लोमेरुलर फिल्ट्रेसन रेटमा कमी सँग जोडिएको छ ।
मिर्गौला लाई प्रभावित गर्ने मुख्य प्रदूषक पार्टिकुलेट म्याटर (पिएम) र सल्फर डाइअक्साइड हो । मध्यम अवधि मा पिएम २.५ र नाइट्रोजन डाइ अक्साइड को वार्षिक सान्द्रता मा वृद्धि ले दीर्घकालीन फिल्ट्रेसन रोगी (सिकेडी) को संख्या बढायो ।
भारतमा सिकेडी को प्रकोप बढ्दै गएको छ । नेपालमा समेत भारत जस्तै स्थिति हुने अनुमान गर्न सकिन्छ । इन्डियन सोसाइटी अफ नेफ्रोलोजिको रजिस्ट्रेसन डाटा बाट प्राप्त तथ्याङ्कले देखाउँछ कि ठूलो सङ्ख्यामा (१६ प्रतिशत) बिरामीहरू अज्ञात कारणले सीकेडी वाट ग्रस्त छन् । र यो सम्भव छ की वायु प्रदूषणले अज्ञात कारण मा योगदान गरि रहेको होस । (डा.सञ्जीव गुलाटी इमिडियेट पास्ट प्रेसिडेन्ट र सदस्य गभर्निंग बडी, इंडियन सोसाइटी अफ नेफ्रोलोजी हुनुका साथै फोर्टिस जीपी हस्पिटल, एनसीआर, भारतमा नेफ्रोलोजी र प्रत्यारोपणका कार्यकारी निर्देशक हुन)
प्रतिक्रिया दिनुहोस