अनुसन्धान
प्लास्टिक बन्यो ‘साइलेंट किलर’, हृदयघात र असमय मृत्युको जोखिम बढाउँदै

हामी सबैको घरमा सामान्य जस्तो देखिने प्लास्टिकका सामग्रीहरू अब ‘साइलेंट किलर’ सावित हुँदै गएका छन्। हालै प्रकाशित एक अन्तर्राष्ट्रिय अध्ययनले दैनिक प्रयोगमा आउने प्लास्टिकका सामग्रीहरूमा पाइने फ्थेलेट्स नामक सिंथेटिक रसायनले हृदय रोग र असमय मृत्युको खतरा उल्लेख्य रूपमा बढाउने चेतावनी दिएको छ।
यी फ्थेलेट्स (phthalate) प्लास्टिकलाई लचिलो र टिकाउ बनाउन मिसाइने रसायन हुन्। तर अनुसन्धान कर्ताहरूका अनुसार, यिनले शरीरमा सूजन बढाउने र विशेषतः मुटुका रक्तनलीहरूमा असर पुर्याउने गर्छन्, जसका कारण हृदयघात र अन्य गम्भीर कार्डियक समस्या उत्पन्न हुन्छन्।
ईबायोमेडिसिन जर्नलमा प्रकाशित अध्ययन अनुसार, सन २०१८ मा फ्थेलेट्सका कारण विश्वभर अनुमानित ३५६,२३८ जनाको मृत्यु भएको हो। ती मध्ये १३.४९७ % मृत्युहरू ५५ देखि ६४ वर्ष उमेर समूहका हृदयघात सम्बन्धी रहेका छन्। यो फ्थेलेट्सको असरले भएको हो।
भौगोलिक दृष्टिले हेर्दा दक्षिण एशिया र मध्यपूर्वमा फ्थेलेट्स सम्बन्धी हृदयघातको प्रतिशत सबैभन्दा उच्च, १६.८०७ प्रतिशत रहेको छ। मध्यपूर्व, दक्षिण एशिया, पूर्वी एशिया र प्रशान्त क्षेत्रले फ्थेलेट्स का कारण भएको हृदयघात जन्य मृत्युहरूको ७३.१६३ प्रतिशत हिस्सा ओगटेका छन्।
न्युयोर्क युनिभर्सिटीको ग्रॉसमन स्कूल अफ मेडिसिनका प्रोफेसर डा. लियोनार्डो ट्रासांडेका अनुसार, फ्थेलेट्सले शरीरमा प्रणालीगत सुन्याई ल्याउँछ, जसले मुटुमा पहिले देखिएका समस्याहरूलाई झनै जटिल बनाउँदै मृत्युको जोखिम सम्म पुर्याउन सक्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार, दीर्घकालीन रूपमा प्लास्टिक प्रयोग घटाउने र सुरक्षित विकल्पतर्फ जानु नै सबैभन्दा प्रभावकारी समाधान हो।
फ्थेलेट्सका अन्य असरहरू
- पुरुषहरूको प्रजनन क्षमतामा ह्रास
- टेस्टोस्टेरोन स्तर घटाउने
- स्पर्म काउन्ट कम गर्ने
- हर्मोन असन्तुलन
- दम, मोटोपन र क्यान्सरसँग सम्बन्ध
फ्थेलेट्स कहाँ पाइन सक्छन्?
- प्लास्टिक कन्टेनर र बक्स
- स्याउम्पु, क्रिम, मेकअप र परफ्युम
- बालबालिकाका खेलौना र प्लास्टिक र्याप
- एयर फ्रेशनर र सरसफाइ सामग्री
फ्थेलेट्सको जोखिमबाट कसरी जोगिने?
- प्लास्टिकलाई माइक्रोवेभ वा डिशवाशरमा नराख्ने
- गन्धयुक्त उत्पादनहरूको प्रयोग नगर्ने
- स्टिल, कांच वा काठका कन्टेनर प्रयोग गर्ने
- प्लास्टिक प्याकेजिङबाट टाढा रहने
- बालबालिकाका खेलौनाको सोच पूर्वक छनोट गर्ने
- नियमित रूपमा हात धुने बानी बसाल्ने
प्रतिक्रिया दिनुहोस