अनुसन्धान

गाउँभन्दा धेरै तातिरहेका शहरहरू :गर्मीले मृत्यु दर चिसोभन्दा ४.४ गुणा बढायो


शहरीकरण र जलवायु परिवर्तनको यो युगमा शहरहरू अब केवल विकास र आधुनिकताको प्रतीक मात्र होइनन्, वातावरणीय चुनौती ‘हीट आइल्यान्ड’का मुख्य केन्द्र पनि बनेका छन्।

यो एउटा यस्तो परिघटना हो जहाँ शहरी क्षेत्रको तापक्रम छेउछाउका ग्रामीण क्षेत्रहरूको तुलनामा धेरै उच्च हुन्छ। यसले मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न गरिरहेको छ।

एकातिर, यो जाडो मौसममा चिसोका कारण हुने मृत्युलाई कम गर्न सक्छ भने अर्कातिर, गर्मीमा हुने घातक प्रभावहरूलाई अझ बढी बढाउँछ।

अनुसन्धान: गर्मीले मृत्यु दर बढ्दै

वैज्ञानिक जर्नल नेचर क्लाइमेट चेन्ज मा प्रकाशित एक अध्ययन अनुसार, ३,००० भन्दा बढी शहरहरूमा मृत्यु दर र तापमान  बीचको सम्बन्धको विश्लेषण गरिएको छ। यस अध्ययनमा रिमोट सेन्सिङ डाटा, जलवायु सम्बन्धी तथ्यांक र सामाजिक-आर्थिक विवरणहरू प्रयोग गरिएको थियो।

नतिजाले देखाउँछ कि शहरी हीट आइल्यान्डका कारण चिसोबाट हुने मृत्युदरमा आएको कमी, गर्मीबाट हुने मृत्यु दरको वृद्धिको तुलनामा औसतमा ४.४ गुणा बढी थियो।

उदाहरणका लागि, मस्को जस्ता उच्च अक्षांश भएका शहरहरूमा यो अन्तर अझ बढी देखिएको छ, जहाँ चिसोबाट मृत्युमा आएको गिरावट गर्मीबाट मृत्युमा भएको वृद्धिको तुलनामा ११.५ गुणा बढी थियो।

अनुसन्धान कर्ताहरूले चेतावनी दिएका छन् कि यो परिघटना समग्र स्वास्थ्यका लागि खतरनाक बन्न सक्छ, विशेष गरी गर्मीको समयमा अत्यधिक तापक्रम वृद्धि हुँदा।

रातको चिसो घट्दै, जोखिम बढ्दै

धेरै जसो शहरहरूमा रातको समयमा स्वाभाविक रूपमा हुने चिसोपनमा गिरावट आएको छ, जुन पहिले गर्मीबाट राहतको एक महत्वपूर्ण उपाय मानिन्थ्यो।

रिपोर्टले जोड दिएको छ कि हीट वेभ र अत्यधिक गर्मीको अवस्थालाई ध्यानमा राख्दै जनस्वास्थ्यका लागि तत्कालीन राहत र दीर्घकालीन रणनीतिहरू सहितको आपतकालीन कार्ययोजना आवश्यक छ।

नियन्त्रणका उपायहरू आवश्यक

शहरको तापमान नियन्त्रण गर्नका लागि विभिन्न रणनीतिहरू अपनाइँदै आएका छन् – जस्तै, वृक्षारोपण, भवनहरूको सतहको परावर्तक क्षमता (अल्बेडो) बढाउने, र शीतलन सामाग्रीहरूको प्रयोग। यी उपायहरूले गर्मीको प्रभावलाई सीमित गर्न मद्दत गर्न सक्छन्।

अनुसन्धान कर्ताहरूले मौसम अनुकूल दृष्टिकोणबाट यी उपायहरू कार्यान्वयन गर्न सुझाव दिएका छन्, ताकि कुनै मौसममा राहत दिँदा अर्को मौसममा जोखिम नबढोस्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!