आन्दोलन जारी छ : पानीमा भिज्दै चिकित्सकहरूको विरोध र्‍याली


काठमाडौँ — एक महिनादेखि निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आएका चिकित्सकहरूले आइतबार पानीमा भिज्दै माइतीघर मण्डलाबाट बिजुली बजारको पुलसम्म विरोध र्‍याली निकाले।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चिकित्सकहरूले वर्षासँगै पानीमा र्‍याली गरेका हुन्।

र्‍यालीमा सरकारी तथा निजी मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरू, नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरू र वरिष्ठ चिकित्सकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

माघ २५ गते चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सेवाको आठौँ तहको बराबरी गर्दै मासिक ४८,७३७ रुपैयाँ सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। तर, साढे दुई महिना बिति सक्दा पनि निर्णय कार्यान्वयन नभएकाले चिकित्सकहरू आन्दोलित भएका हुन्।

सरकारी तथा निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले देशव्यापी रूपमा सेवा बहिष्कार गर्दै आन्दोलन चर्काएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!