नेपाली औषधि उद्योगको बिक्रीमा २०% वृद्धि, २०८०/८१ मा ३५.२ अर्बको कारोबार


काठमाडौं – नेपाली औषधि उद्योगहरूले आर्थिक वर्ष २०८०/८१ मा ३५.२ अर्ब रुपैयाँ बराबरको औषधि बिक्री गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २०% ले वृद्धि भएको छ।

नेपाल औषधि उत्पादक संघ (एपोन) का पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षको हातबाट शुक्रबार आयोजित एक समारोहमा उक्त बिक्री तथ्यांक सार्वजनिक गरिएको हो।

कार्यक्रममा एपोनका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वीराज भण्डारी, कार्यसमिति सदस्यहरू, एपोन मार्केटिङ सर्कलका पदाधिकारीहरू र औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक एवं एपोनका वरिष्ठ सल्लाहकार राधारमण प्रसादको उपस्थिति थियो।

एपोनका सदस्य ७६ उद्योग मध्ये, बजारमा सक्रिय ६७ उद्योगहरूको तथ्यांकका आधारमा सार्वजनिक गरिएको रिपोर्ट अनुसार, नयाँ औषधि उद्योगहरूको बिक्री वृद्धि दर १७% भन्दा माथि रहेको छ भने पुराना उद्योगहरूको वृद्धि दर करिब ९% रहेको छ।

२०७९/८० मा २९.३६ अर्ब रुपैयाँको बिक्री गरेको उद्योग समूहले २०८०/८१ मा ३५.२ अर्ब रुपैयाँको कारोबार गर्न सफल भएको हो। यो वृद्धि दर १९.८९% रहेको छ।

बिक्री रकमको हिसाबले औषधि उद्योगहरू बीच ठूलो अन्तर देखिएको छ । सबै .भन्दा कम बिक्री गर्ने उद्योगले ६ करोड रुपैयाँको कारोबार गरेका छन् भने सबै भन्दा बढी बिक्री गर्ने उद्योगले ३५० करोड रुपैयाँसम्म बिक्री गरेका छन्।

१०० करोड रुपैयाँ भन्दा बढी बिक्री गर्ने उद्योग ६ वटा मात्र छन्। यस्तै, २५० करोड भन्दा बढी बिक्री गर्ने उद्योगको संख्या ५ मा सीमित छ।

यता, १५ करोड रुपैयाँ भन्दा कम बिक्री गर्ने उद्योगहरूको संख्या भने ७०% पुगेको छ । कुल ४५ वटा उद्योगहरूले १५ करोड भन्दा कमको कारोबार गरेका छन् । त्यस्तै, ५० करोड रुपैयाँ भन्दा बढी बिक्री गर्न सफल उद्योग जम्मा ५ वटा मात्र रहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!