एम्स विश्वको ९७ औं र भारतको नम्बर १ अस्पताल घोषित

नयाँ दिल्ली (ब्युरो) – भारतको प्रतिष्ठित स्वास्थ्य संस्था, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स), दिल्लीले आफ्नो नाममा अर्को ठूलो उपलब्धि जोडेको छ।
हालै सार्वजनिक गरिएको विश्वकै उत्कृष्ट अस्पतालहरू को सूचीमा एम्सले ९७ औं स्थान प्राप्त गरेको छ। यो स्थान विश्व स्तरमा सम्मानजनक मात्र होइन, भारतमा भने यसले पहिलो स्थान सुरक्षित गरेको छ।
यो रैंकिङ प्रख्यात अन्तर्राष्ट्रिय पत्रिका ‘न्यूज वीक’ र विश्लेषणात्मक संस्था ‘स्टेटिस्टा’ द्वारा संयुक्त रूपमा तय गरिएको हो ।
सन् २०२४ को सूची अनुसार विश्वका ३० देशका २,४०० भन्दा बढी अस्पतालहरूको मूल्यांकन गरिएको थियो, जसमा बिरामी को सन्तुष्टि, चिकित्सा परिणाम, सरसफाइको मापदण्ड र स्वास्थ्य विशेषज्ञहरूको सिफारिसलाई आधार बनाइएको थियो।
एम्स प्रशासनका अनुसार, बिरामीहरू लाई विश्व स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, चिकित्सा अनुसन्धानलाई अघि बढाउने र किफायती उपचार प्रदान गर्ने प्रयासका कारण यो सम्मानजनक स्थान प्राप्त गर्न सफल भएको हो।
उल्लेखनीय छ, सन् १९५६ मा स्थापना भए देखि नै एम्सले अत्याधुनिक चिकित्सा सुविधा र दक्ष चिकित्सकहरूको सहयोगमा भारत मात्र नभई विश्व भर स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस