पक्षाघातका बिरामीहरूका लागि स्टेम सेल थेरापीमा सफलता

जापानी वैज्ञानिकहरूले स्टेम सेल थेरापीको प्रयोग गरेर मेरुदण्ड (स्पाइनल कर्ड) सम्बन्धी समस्या झेलिरहेका दुई बिरामीहरूको सफल उपचार गरेको दाबी गरेका छन्।
यो प्रविधिले पक्षघात (प्यारालाइसिस ) भएका मानिसहरू लाई पुनः उठ्न मद्दत गर्ने आशा गरिएको छ।
दुई बिरामीमा सफल प्रयोग
वैज्ञानिक जर्नल ‘नेचर’ मा प्रकाशित एक रिपोर्ट अनुसार, टोकियोस्थित कीयो विश्वविद्यालयका वैज्ञानिकहरूले इंड्यूस्ड प्लूरीपोटेंट सेल (आइपीएस) प्रविधिमा अनुसन्धान गरिरहेका छन्।
यो प्रविधिमा पूर्ण रूपमा विकसित कोषहरूलाई पुनः प्रारम्भिक अवस्थामा फर्काइन्छ र तिनीहरूलाई विभिन्न प्रकारका कोषहरूमा विकसित गरिन्छ। अनुसन्धानको क्रममा, दुई बिरामीहरूको स्पाइनल कर्डमा २० लाख भन्दा बढी आइपीएस कोषहरू प्रत्यारोपण गरियो । जसबाट उनीहरूको स्पाइनल कर्डको कार्य क्षमतामा सुधार देखियो। साथै, बिरामीहरूमा कुनै नकारात्मक असर देखिएको छैन।
स्टेम सेल थेरापी कसरी काम गर्छ?
स्टेम सेल विशेष प्रकारका कोषहरू हुन्, जसले आफूलाई पुनः उत्पन्न गर्न सक्छन् र कुनै पनि प्रकारका कोषहरूमा परिणत हुन सक्छन्। जापानी वैज्ञानिकहरूले इंड्यूस्ड प्लूरीपोटेंट स्टेम (iPS) कोषहरूमा अनुसन्धान गरिरहेका छन्। यस प्रविधिमा शरीरका पूर्ण विकसित कोषहरूलाई पुनः प्रारम्भिक अवस्थामा ल्याएर आवश्यक अनुसार परिवर्तन गरिन्छ ।
स्टेम सेल थेरापी किन विशेष छ?
स्टेम सेलहरूले आफूलाई पुनः उत्पन्न गर्न सक्छन्। यी कोषहरूले क्षतिग्रस्त कोषहरू पुनः निर्माण गर्न मद्दत गर्छन्।
स्टेम सेल थेरापीको प्रयोग अन्य धेरै रोगहरूको उपचारमा भइसकेको छ, तर स्पाइनल कॉर्डको उपचारमा यो पहिलो सफल प्रयोग हो।
स्पाइनल मसल एट्रोफीको उपचारको आशा
स्टेम सेलहरू विशेष प्रकारका कोषहरू हुन्, जसले आफ्नै जस्तै नयाँ कोषहरू उत्पादन गर्न सक्छन्। यी कोषहरूले शरीरका अन्य कोषहरूमा पनि परिवर्तन हुन सक्छन्। शरीरका सबै अंगहरूमा स्टेम सेलहरू पाइन्छन् र तिनीहरू को सहयोगले विभिन्न प्रकारका रोगहरूको उपचार विकास गरिएको छ। यस प्रविधिबाट पहिलो पटक स्पाइनल कॉर्डको उपचार सम्भव भएको छ।
अनुसन्धानका का प्रमुख लेखक हिदेयुकी ओकानोका अनुसार, उनको टोली अब क्लिनिकल परीक्षण गर्न तयारी गर्दैछ। यो नयाँ उपचार विधिले स्पाइनल कर्डमा क्षति भएका तथा पक्षाघात ग्रस्त व्यक्तिहरूका लागि वरदान साबित हुन सक्छ।
प्रतिक्रिया दिनुहोस