अनुसन्धान

भिआर, सार्वजनिक मञ्चमा बोल्ने हिचकिचाहट हटाउन मद्दत गर्दछ


तपाई ले भर्चुअल रियालिटी (भिआर) को नाम सुन्नु भएको होला । यसमा घरमै बसेर घटना घटेको ठाउँमा उपस्थित भएको महसुस गर्न सकिन्छ । भिआर एउटा प्रविधि हो जसले तपाई लाई वास्तविकताको नजिक लैजान्छ ।

तर के तपाइलाई थाहा छ यो पब्लिक फोरममा बोल्ने हिचकिचाहट हटाउन पनि सहयोगी हुन सक्छ । वैज्ञानिकहरूले एक अनुसन्धान पछि यसको पुष्टि गरेका छन् ।

अनुसन्धान कर्ताहरूको टोलीले मञ्चमा भाषण दिने चिन्ताको सामना गर्न भिआर प्रयोग गर्यो । फ्रन्ट्रेयर्स जर्नलमा प्रकाशित यो अध्ययन बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डा. क्रिस म्याकडोनाल्डले गरेका हुन् ।

उनले अनलाइन प्लेटफर्म बनाए जसको सहयोगमा प्रयोगकर्ताहरूले प्रवीणता र आत्मविश्वासका साथ सार्वजनिक रूपमा बोल्न सक्छन् ।

डा. म्याकडोनाल्डले भने कि सामान्यतया एक व्यक्तिले बेडरुममा एक्लै प्रस्तुतिको अभ्यास गर्छ, तर यो भर्चुअल रियालिटी प्लेटफर्मको सहयोगमा उसले भर्चुअल दर्शकहरूको अगाडि प्रस्तुतीकरण गरेर आफ्नो हिचकिचाहट हटाउन सक्छ र आत्मविश्वासका साथ बोल्न सक्छ ।

स्मार्टफोनलाई भिआर हेडसेटमा परिणत गर्ने विधि विकास गरेर, डा. म्याकडोनाल्डले प्लेटफर्म सबैका लागि पहुँच योग्य छ भनी सुनिश्चित गरे ।

अनुसन्धानले पत्ता लगायो कि धेरै प्रयोगकर्ताहरूले एकल ३० मिनेटको सत्र पछि आत्मविश्वास स्तर बढेको अनुभव गरे । क्याम्ब्रिज र युनिभर्सिटी कलेज लन्डनका विद्यार्थीहरू सँग गरिएको परीक्षणले यसलाई एक साता सम्म प्रयोग गर्नु शत प्रतिशत सहभागीहरूका लागि फाइदा जनक रहेको पत्ता लाग्यो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!