चैत्र महिना भित्र संघीय अस्पताल हरूमा १८ नयाँ सेवा र सुविधा थपिने

काठमाडौं – स्वास्थ्य मन्त्रालयले चैत्र महिना भित्र १४ संघीय अस्पतालमा विभिन्न १८ नयाँ सेवा र सुविधा थप्ने कार्य तालिका सार्वजनिक गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा सेवा सुधार तथा विस्तारका भइरहेको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार, चैत्र महिना भित्रै संघीय अस्पतालहरूले नयाँ प्रविधि र सेवा सञ्चालन गर्नेछन्।
नयाँ थपिने प्रमुख सेवा तथा सुविधा
- वीर अस्पताल – काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाइकल क्यान्सर परीक्षण सेवा सुरू
- ट्रमा सेन्टर – एमआरआई, सीटी स्क्यान, एक्स-रेमा डिजिटल प्रविधि लागू
- भरतपुर अस्पताल – क्याथ ल्याब सञ्चालन
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – न्युरोलोजी सेवामा इलेक्ट्रोमायोग्राफी (EMG) र एनसीभी परीक्षण
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – फरेन्सिक विभागको शव भण्डारण क्षमता ७२ पुग्ने गरी विस्तार
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – एमसीएच भवन उद्घाटन तथा ओपीडी सेवा आरम्भ
- कान्ति बाल अस्पताल – बालबालिकाका लागि हेमोडायलासिस सेवा सञ्चालन
- भक्तपुर क्यान्सर अस्पताल – ४ शय्याको पीआईसीयू (बाल सघन उपचार कक्ष) तथा बाल क्यान्सर वार्ड विस्तार
- परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल – कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला स्थापना
- जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र (तनहुँ) – हेमोडायलासिस सेवा सुरू
- डडेलधुरा अस्पताल – एकीकृत ल्याब नमूना सङ्कलन सेवा सञ्चालन
- कोशी अस्पताल – इर्न्फटिलिटी उपचार सेवा शुरु गर्ने
- नारायणी अस्पताल –एनआइसीयूमा ईएमआर (Electronic Medical Record) लागू, हिस्टोप्याथोलोजी सेवा सुरू, कोल्पोस्कोपी तथा क्रायोथेरापी सेवा सञ्चालन
- भेरी अस्पताल – १० नयाँ आईसीयू शय्या थप, जलन वार्डमा ६ शय्या थप
स्वास्थ्य मन्त्रालयका अनुसार, यी सबै सेवा नागरिकहरूले चैत्र महिना भित्रै पाउन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस