स्वास्थ्य सचिव नियुक्ति प्रकरण : सर्वोच्चले सरकारसँग माग्यो जवाफ


काठमाडौं – वरिष्ठता सूचीमा अगाडि भए पनि स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. संगीता कौशल मिश्रले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

डा. मिश्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै चैत १ गते रिट दायर गरेकी थिइन् ।सर्वोच्च का न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकार लाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

के हो विवादको जड?

स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको सूचीमा अग्र स्थानमा रहेकी डा. मिश्रलाई पन्छाएर सरकारले २१ फागुनमा डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो। यस निर्णय पछि डा. मिश्रले आफू भन्दा कनिष्ठ सँग काम गर्न अस्वीकार गर्दै असन्तुष्टि जनाएकी थिइन्।

लोकसेवा आयोगले डा. मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरे पनि मन्त्रिपरिषद्ले देवकोटालाई सचिव नियुक्त गरेको थियो।

डा. मिश्रले यो निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई राजीनामा दिन समेत सार्वजनिक रूपमा माग गरेकी छन्।

अब के हुन्छ?

सरकारले सर्वोच्च अदालतमा आफ्नो निर्णयको औचित्य प्रमाणित गर्नु पर्नेछ। यदि अदालतले डा. मिश्रको पक्षमा निर्णय सुनाएमा स्वास्थ्य सचिव नियुक्तिमा फेर बदल हुन सक्छ। यो मुद्दाले सरकारको नियुक्ति प्रक्रिया र पदोन्नतिको पारदर्शिता माथि गम्भीर प्रश्न उठाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!