मधेसी भएकै कारण डा. प्रमोद यादवको नियुक्ति रोकियो: सांसद सिंहको आरोप


काठमाडौँ – स्वतन्त्र सांसद अमरेश कुमार सिंहले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा जातीय भेदभाव भएको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, पहिलो नम्बरमा सिफारिस भए पनि मधेसी भएकै कारण डा. प्रमोद यादव नियुक्ति पाउन असफल भए।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले, तेस्रो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई नियुक्त गरिनु अन्यायपूर्ण भएको बताए। उनले नेपाल सरकारकै निर्णयमा मधेसी समुदायका योग्य व्यक्तिहरूलाई पदमा नपुर्‍याउने प्रवृत्ति दोहोरिएको आरोप लगाए।

सांसद सिंहले स्वास्थ्य सचिव नियुक्तिमा पनि मधेसी भएकै कारण पहिलो नम्बरमा सिफारिस भएकी  डा. संगीता मिश्रले नियुक्ति नपाएको उल्लेख गर्दै निजामती अस्पतालमा समेत उही प्रवृत्ति देखिएको बताए।

उनले नेपालमा मधेसी समुदाय भिख माग्न नआएको र योग्य उम्मेदवारलाई बेवास्ता गर्नु सरकारको गम्भीर गल्ती भएको जिकिर समेत गरे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!