इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा डा. चन्द्रभाल झा


काठमाडौं – स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशक मा नियुक्ति गरेका डा. चन्द्रभाल झा मङ्गलबार जिम्मेवारी सम्हालेका छन ।

मन्त्रीस्तरीय निर्णय मार्फत २१ फागुनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. झा लाई निर्देशक पदमा नियुक्त गरेका हुन्।

डा. झा कोशी अस्पतालका पूर्व निर्देशक समेत हुन । उता इडिसिडीको नेतृत्व सम्हाल्दै आएका डा. यदुचन्द्र घिमिरेलाई हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रूपमा पठाइएको छ।

यसै गरी, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान की प्रमुख बाल रोग विशेषज्ञ डा. एन्जीला घिमिरे लाई परोपकार प्रसूति गृह, थापाथली सरुवा गरिएको छ। उनको ठाउँमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरण मणि पौडेललाई नियुक्त गरिएको छ।

यसै क्रममा, ११ औं तहमा बढुवा भएका छ जना चिकित्सकलाई पनि नयाँ पदस्थापन गरिएको छ। प्रमुख बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा, कार्डियोलोजिस्ट डा. मनोज कोइरालालाई कोशी अस्पतालमा दरबन्दी कायम गरी पोखरामा खटाइएको छ। मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी अस्पतालमा, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी अस्पतालमा, प्याथोलोजिस्ट निलम वैद्यलाई भरतपुर अस्पतालमा र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पदस्थापन गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!