अन्तर्राष्ट्रिय श्रवण दिवस

६० लाख नेपाली श्रवण समस्या वाट पीडित


काठमाडौं – सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपाल (सोल, नेपाल) ले ६० लाख नेपाली कुनै न कुनै प्रकार को श्रवण समस्या वाट पीडित रहेको जनाएकोछ।

अन्तर्राष्ट्रिय श्रवण दिवस को अवसरमा आयोजित एक विशेष कार्यक्रममा सोल, नेपालले उक्त कुरा जनाएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन २०१८ को तथ्याङ्क अनुसार, विश्व भर करिब ४६ करोड मानिसहरू श्रवण अशक्तता बाट पीडित छन् । नेपालमा समेत बहिरो पनको समस्या बढ्दो क्रममा रहेको छ ।

रोकथामका लागि विशेष सचेतना आवश्यक रहेको बहिरो पन प्रमुख अपाङ्गता मध्ये एक हो । यसलाई केही उपायहरू अपनाएर रोकथाम गर्न सकिन्छ ।

नेपालमा बहिरो पन रोकथामका उपायहरू 

  • सङ्क्रमणबाट कानलाई जोगाउनुपर्छ । कान पाकेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ।
  • कानलाई चोटपटकबाट बचाउनु आवश्यक छ। कान कोट्याउँदा जाली फुट्न सक्ने भएकाले यसलाई रोक्नुपर्छ।
  • बच्चाहरूको सुनाई क्षमतामा समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिनुपर्छ।
  • कानमा तेल वा कुनै पनि झोल पदार्थ हाल्न नहुने चेतावनी दिइएको छ।
  • गर्भावस्थाको पहिलो तीन महिनासम्म बिना परामर्श औषधि सेवन गर्न नहुने तथा जाँड रक्सी र चुरोट सेवन नगर्न सल्लाह दिइएको छ।
  • सर्वसाधारण जमघट हुने स्थानमा चर्को ध्वनि उत्पन्न गर्ने उपकरणको प्रयोग गर्नु हुँदैन ।
  • मोबाइल वा हेडफोन लामो समयसम्म उच्च आवाजमा प्रयोग गर्न हानिकारक हुन सक्छ।
  • कल कारखानामा कार्यरत श्रमिकहरूले इयर प्लगको प्रयोग गर्नुपर्छ र नियमित श्रवण परीक्षण गराउनुपर्छ।
  • श्रवण शक्तिलाई बचाइ राख्न तथा बहिरो पनाको जोखिम घटाउन जनचेतनामूलक अभियान सञ्चालन गर्नु पर्छ ।

सोल, नेपाल द्वारा आयोजित उक्त कार्यक्रममा डा.योगेश न्यौपाने, डा. ऋषि भट्ट,  डा.दिपेश शाक्य ले नेपालमा श्रवण स्वास्थ्य को वर्तमान अवस्था बारे बताएका थिए ।

सोल, नेपालका अध्यक्ष डा.रविन्द्र भक्त प्रधानाङ्गले नेपालमा बालबालिका स्कूल मा भर्ना हुने बेलामा अनिवार्य श्रवण परीक्षण हुनु पर्ने बताए ।

नेपाल सरकारले देश भर बहिरोपनको समस्या पहिचान गर्न व्यापक सर्वेक्षण गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ । विज्ञहरूको अनुसार जन चेतना अभिवृद्धि गरी समयमै रोकथाम गर्न सके भविष्यमा बहिरोपनको समस्या न्यूनीकरण गर्न सकिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!